मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा मोबाइलमा व्यालेन्स पाइने - Aarthiknews
aarthiknews.com शुक्रबार, २० मंसिर २०७६   Friday, 06 December, 2019
 
Bajaj_Bike

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा मोबाइलमा व्यालेन्स पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
Sunrise bank
मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा मोबाइलमा व्यालेन्स पाइने
LBEF
NCH-IPS

काठमाडौं । मुक्तिनाथ विकास बैंकले  नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको  “ समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारा सहित  “ खोलौ बैंक खाता अभियानलाई २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।

 २०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले  १०० रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटीसी र एनसेलको मोवाइल नम्बरमा १०० रुपैयाँ  बराबरको रिचार्ज ९ टपअप ० गरिदिने  बैंकले जनाएको छ । 

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।
हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकवर्ग लाई बैकिङ्ग सेवाहरु प्रदान गर्र्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस