aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

टिभीएसले एकै पटक १२ वटा शोरुम खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
Reliance life insurance
टिभीएसले एकै पटक १२ वटा शोरुम खोल्यो
Jagadamba
LBEF

काठमाडौं । टिभीएसको नेपालका लागि  आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले एकै पटक १२ वटा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ ।  कम्पनीले  चाड बडादशैंको घटस्थापनाको साइतमा यी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम थपिएका कम्पनीले जनाएको छ  । यी शोरुमसहित अब देशभरमा टीभीएसका १३२ वटा शोरुम पुगेका छन् ।

नयाँ शोरुम सञ्चालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने, ‘आजबाट टीभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुममार्फत नेपालको सबै स्थानमा टीभीएसको प्रोडक्ट पूगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा बिश्वस्त लागेको छ । अब ‘एक घर एक टीभीएस‘ मात्रहोइन ‘एक व्यक्ति एक टीभीएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँशोरुमले अझ मद्दत पूर्याउने छ ।’
 

प्रतिक्रिया दिनुहोस