aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

पार्किङबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ कार्तिक २०७७
Reliance life insurance
पार्किङबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
Jagadamba
LBEF

सुनसरी । ईटहरी उपमहानगरपालिका-६ स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको को–२४ प ७५९६ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवानगंज गाउँपालिका(३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेका   छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस