aarthiknews.com बुधबार, १२ कार्तिक २०७७   Wednesday, 28 October, 2020
 
Tansen_cement
Bajaj_Bike

पर्सामा २३ केजी सुन र दुई केजी चाँदी बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ कार्तिक २०७७
पर्सामा २३ केजी सुन र दुई केजी चाँदी बरामद
LBEF
Nabil Bank

काठमाडौं । नेपाल प्रहरीले पर्सा जिल्लाको वीरगञ्जबाट साढे २३ किलोभन्दा बढी सुन र सवा दुई केजी चाँदी बरामद गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए अनुसार वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी स्थित गणेश अपार्टमेन्टमा छापा मारि सो परिणममा सुन तथा चाँदी बरामद गरेको हो । 

प्रहरीले २२ किलो ५७६ ग्राम सुनका विस्कुट र ६५० ग्राम सुनका गहना बरामद गरेको हो । त्यसैगरि प्रहरीले २ केजी २६२ ग्राम चाँदीका गहना समेत बरामद गरेको छ । पर्सा प्रहरीले बरामद सुन तथा चाँदी घटना बारे जानकारी दिन केहि बेरमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानरकारी दिने तयारी गरेको जनाएको छ ।  

सुनाकोटी स्थितमा  श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नं फ्लैटमा सुन तथा चाँदीलुकाइ छिपाई राखिएको  अबस्थामा उक्त सुन चाँदी बरामद गरेको हो । प्रहरीले सुराकीका आधारमा प्रउ गंगा पन्तको कमाण्डमा खटि गएको प्रहरी टोलीले उक्त सुनचादी बरामद गरेको हो । 

प्रतिक्रिया दिनुहोस