aarthiknews.com बुधबार, १२ कार्तिक २०७७   Wednesday, 28 October, 2020
 
Tansen_cement
Bajaj_Bike

भारतीय शेयर बजारका बादशाहले किन बढाए गाडी र औषधि कम्पनीको शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ कार्तिक २०७७
भारतीय शेयर बजारका बादशाहले किन बढाए गाडी र औषधि कम्पनीको शेयर
LBEF
Nabil Bank

एजेन्सी । शेयर बजारका अनुभवी राकेश झुनझुनवालाले टाटा मोटर्समा ठूलो बाजी मारेका छन् । राकेश झुनझुनवाला सधैं कम्पनीको स्टकमा लगानी गर्छन् जुन कम्पनीबाट उत्कृष्ट रिटर्न पाउने आशा गरिन्छ । राकेशले अब राम्रो रिटर्न पाउने कम्पनीमा टाटा मोटर्सलाई छानेका छन ।

वास्तवमा, राकेश झुनझुनवालाले टाटा मोटर्समा आर्थिक वर्ष २०२०–२१ को दोस्रो क्वाटर जुलाईदेखि सेप्टेम्बरसम्म ठूलो लगानी गरेका छन । अक्टुबर १५ मा बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा फाइल गरेको टाटा मोटर्सका अनुसार राकेश झुनझुनवालाले सेप्टेम्बर ३० को अन्त्यसम्मको दोस्रो क्वाटरमा कम्पनीको ४ करोड कित्ता शेयर किनेका छन ।

टाटा मोटर्सको स्टकमा बिहीबार दिउँसो १२ः०० तिर १.४९ प्रतिशतको वृद्धि भएको छ । तर कारोबारको अन्त्यमा टाटा मोटर्सको शेयर ३ प्रतिशतभन्दा बढी तल झर्दै १२६.५५ रुपैयाँमा बन्द भएको छ ।

टाटा मोटर्सको दोस्रो क्वाटरमा अझ राम्रो नतिजा प्रस्ताव गर्ने प्रक्षेपण गरिएको छ । टाटा मोटर्सको वित्तीय वर्ष २०२०÷२१ को दोस्रो क्वाटरको नतिजा अक्टुबर २७ मा जारी हुन सक्छ ।  कम्पनीको बोर्ड बैठक हुँदै छ ।

 दोस्रो क्वाटरमा टाटा सवारीको बिक्री ५ प्रतिशतले बढेको छ । टाटा मोटर्सले दोस्रो क्वाटरमा १.१४ लाख गाडीहरू बिक्री गरेको छ । कोरोना संकटको बीचमा टाटा सवारीहरूको बिक्री तीव्र गतिमा भइरहेको छ । इलेक्ट्रिक सेग्मेन्टका गाडी राम्रो माग भइरहेको छ ।

यस बाहेक राकेश झुनझुनवालाले ल्यूपिन फार्मामा लगानी बढाएका छन् । उनले ल्यूपिन फर्मामा ०.६ प्रतिशतको होल्डिङ बढाएर १.५३ प्रतिशत पुर्याएका छन् । उनले यो कम्पनीमा ६,९४५६०५ कित्ता शेयरमा ७२१.६ करोड रुपैयाँ भारु लगानी गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस