aarthiknews.com मंगलबार, ०४ कार्तिक २०७७   Tuesday, 20 October, 2020
 
Tansen_cement
Bajaj_Bike

हवाइ काग्रोको भाडा ३ गुणा वृद्धिको विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० असोज २०७७
हवाइ काग्रोको भाडा ३ गुणा वृद्धिको विरोध
LBEF
Nabil Bank

काठमाडौं ।  चार्टड फ्लाइटको भाडा तीन गुणना बढाएकोमा नेपाल निर्यात परिषदले विरोध गरेको  छ । महामारीको प्रतिकूल अवस्थामा समेत चार्टड फ्लाइटको भाडा बढाएर नेपाली बस्तु विदेश पठाउन महगो भएको भन्दै परिषदले विरोध गरेको हो । 

हवाई  कम्पनीहरुवाट  पहिलाको भन्दा ३  गुणा भन्दा बढी  हवाई कार्गो भाडा दर वृद्धि  गरिरहेको र यसवाट हवाई कार्गो भाडा  दर  महंगो भएवाट नेपाली वस्तु  निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरु समेत आक्रान्त  भईरहेको प्रति परिषदको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समग्र निर्यातयोग्य वस्तुहरुको निकासी   प्रवद्र्धनको माध्यमवाट  राष्ट्रिय अर्थतन्त्रमा  महत्वपूर्ण  टेवा पु¥याउन हवाई कार्गो भाडा दरलाई  परिमार्जन गरि पूर्वत लागतमा  तल्काल लागू गर्न समेत माग गरेको  छ । 
 

प्रतिक्रिया दिनुहोस