aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 
सरकारको योजना तुहाउन सक्रिय स्टान्डर्ड चार्टर्ड बैंकलाई काखी च्याप्दै राष्ट्र बैंक

अरु बैंक भन्छन्-‘नीति नियम हामीलाई मात्रै हो कि स्टान्डर्ड चार्टर्ड बैंकलाई पनि लाग्छ ?’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
Sunrise bank
अरु बैंक भन्छन्-‘नीति नियम हामीलाई मात्रै हो कि स्टान्डर्ड चार्टर्ड बैंकलाई पनि लाग्छ ?’
NIBL-Capital-inside
LBEF

काठमाडौं । नेपाल राष्ट्रले बैंकले स्टान्डर्ड चार्टर्ड बैंकलाई स्थानीय तहमा जान निर्देशन दिए पनि शाखा खोल्न भने उसले आनाकानी गर्दै आएको छ । उक्त बैंकलाई  केन्द्रीय  बैंककै उच्च कर्मचारीको संरक्षण भएपछि स्थानीय तहमा शाखा खोल्न इन्कार गर्दै आएको हो ।

स्टान्डर्ड चार्टर्ड बैंकका शाखा फाइनान्स कम्पनीका भन्दा पनि कम छन् । भन्दा र सुन्दा पनि लाज लाग्छ, उक्त बैंकका अहिलेसम्म जम्मा १२ शाखा छन् । तर, ती शाखाहरु पनि मुख्य शहरमा मात्र केन्द्रित छन् ।

सरकारले सबै ७ सय ५३ वटै स्थानीय तहमा बैंकका शाखा पुर्याउने नीति ल्याएको छ । त्यही नीति अनुसार अहिलेसम्म ७ सय २५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । अहिले पनि २८ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् । तर, स्टान्डर्ड चार्टर्डले भने सरकारको योजना विफल बनाउने प्रयासमा लागि परेको छ । अहिलेसम्म उसले दुर्गमका एउटा पनि स्थानीय तहमा पनि शाखा खोलेको छैन ।

राष्ट्र बैंकका उच्च अधिकारीले संरक्षण दिइरहेकाले उक्त बैंकले स्थानीय तहमा शाखा खोल्न इन्कार गरेको बताइन्छ । तर, अरु बैंकलाई भने असार समान्तसम्म राष्ट्र बैंकले तोकेका सबै स्थनीय तह शाखा खोल्न बाध्य पारेको छ ।

शाखा नखोल्ने बैंकलाई कारबाहीसमेत गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । तर, स्टान्डर्ड चार्टर्डलाई भने दुर्गमका कुनै पनि स्थानिय तहमा शाखा नखोल्दा पनि केही भनिएको छैन ।

अन्य बैंकहरुले भने स्टान्डर्ड चार्टर्डलाई काखा र अन्य बैंकलाई पाखा लगाउने काम राष्ट्र बैंकले गरेको भन्दै आक्रोश पोख्दै आएका छन् ।‘स्टान्डर्ड चार्टर्ड बैंकलाई आफ्नै सन्तान र हामीलाई अर्की आमाको सन्तानजस्तै व्यवहार गरिँदै आएको छ,’ एक बैंकका सञ्चालकले भने–‘ कसैलाई काखा र कसैलाई पाखा लगाउने काम भएको छ, यस्तो अन्याय नियमन गर्ने निकाय राष्ट्र बैंकले गर्नु सुहाउने कुरा होइन् ।’

स्टयाडर्ड चार्टर्ड बैंकको यस्तो अटेरी पन अहिले मात्र होइन, पहिलादेखि नै भएको बैंक सञ्चालकहरु बताउँछन् । चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब पुर्याउने बेलामा पनि बोनस र हकप्रद वा मर्जरमा जानुपर्नेमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । पछि सबैतिरबाट आलोचना हुन थालेपछि राष्ट्र बैंक पनि दबाबमा परेर नगद वितरणमा रोक लगाउँदै बोनस वितरण गर्न बाध्य पारिएको थियो । बाध्य भएर स्टान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्ष अर्थात आव २०७३/०७४ मा सय प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याएको थियो ।

पछिल्लो समय स्टान्डर्ड चार्टर्ड बैंकले नाम अनुसारको काम गर्न नसकेको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् । लगानीकर्तालाई वितरण गर्ने लाभांश दरमा पनि कमी आउँदै गएको छ । तीन वर्षअघि ३५ देखि ५१ प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको उक्त बैंकले गत वर्ष १७.५ प्रतिशत मात्र लाभांश वितरण गर्न पुग्यो । अरु बैंकले बोनस शेयर र नगद लाभांश वितरण गरेकोमा स्टान्डर्ड चार्टर्ड बैंकले नगद लाभांश मात्र बाँडन पुगेको छ । सो बैंक अहिले चर्को गर्मीमा बाटोमा हिडँने बटुवा बर पिपलको छहारीमा सुस्केरा हालेर बसेजस्तै सुस्ताएको छ ।

निक्षेप संकलन पनि त्यति प्रगति गर्न सकेको छैन । ऋण लगानी पनि आक्रोशित रुपमा गर्न सकेको छैन । विदेशी मुद्रा सटहीलगायतले उसको आम्दानी भने बढेको छ । ८ अर्ब चुक्ता पुँजी पुर्याइसेकको बैंकले गत चैतसम्म १ अर्ब ७३ करोड खुद नाफा गरेको छ । तर, अन्य बैंकहरुको तुलनामा यो ज्यादै कम नाफा हो । 

उक्त अवधिसम्म कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.४७ प्रतिशत छ । उक्त बैंकले निक्षेप संकलन र कर्जा लगानी आक्रमक रुपमा गर्न सकेको छैन । लगानीमा बढी सचेत अपनाएका कारण खराब कर्जा १ प्रतिशतभन्दा कम छ । निक्षेप संकलनमा कमी आएपछि बैंकका कर्मचारी विलाप गर्दै हिँडेका छन् । पहिला यस बैंकको नामै काफी थियो । तर, अहिले खासै वास्ता गर्दैनन् ।

पहिला स्टान्डर्ड चार्टर्ड बैकको शेयर छ भन्नेहरुको सान नै ठूलो हुन्थ्यो । तर, अहिले त्यस्तो सान, मान सबै हराएको लगानीकर्ताहरु बताउँछन् । 


 

प्रतिक्रिया दिनुहोस