खराब नियत राख्नेमाथि सरकारको निगरानी - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

खराब नियत राख्नेमाथि सरकारको निगरानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
Sunrise bank
खराब नियत राख्नेमाथि सरकारको निगरानी
LBEF

भूकम्पपछिको निजी आवासको पुनर्निर्माणमा खराब नियत राखेर अनुदान मात्रै प्राप्त गर्ने सेवाग्राही सरकारको निगरानीमा परेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले किस्ता बुझेर घर नबनाउने, नक्कली कागजातमा अनुदान लिने तथा मापदण्डविपरीत घर बनाउने भूकम्पपीडितमाथि निगरानी राखेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ३ लाख ९७ हजार १२६ निजी आवसको पुनर्निर्माण सम्पन्न भएको र ठाउँठाउँमा सुन्दर बस्ती र चिटिक्क घर बनेको भन्दै खराब नियत राख्नेहरूमाथि प्राधिकरणको ध्यानाकर्षण भएको बताए । ‘नियत खराब राखी केहीले एककोठे घर बनाएकाप्रति प्राधिकरणको ध्यानाकर्षण भइसकेको छ ।’ उनले भने ।

उपत्यकामा नै ठूलो संख्याका भूकम्पपीडितले पहिलो किस्ता बुझेर घर नबनाएको पाइएको छ । काठमाडौंमा ४८ हजार ५६३ जना लाभग्राही रहेका छन् । जसमध्ये अनुदान सम्झौता सम्पन्न गर्ने भूकम्पपीडितको संख्या ४१ हजार ५४३ जना रहेको छ भने त्यहीँ संख्यामा प्रथम किस्तासमेत निकासा भएको छ ।

तर, किस्ता बुझेका आधा संख्याले पनि निर्माण कार्य सुरु नगरेको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार २० हजार ८१६ ले मात्र निर्माणकार्य थाले भने दोस्रो किस्ता निवेदन दिनेको संख्या अझै घटेर १७ हजार ३०२ मा झरेको छ । यस्तै, तेसो किस्ता निवेदन दिने लाभग्राही १२ हजार ८९९ रहेकोमा १० हजार ७७ ले मात्र निर्माण सम्पन्न गरेका छन् । 

प्रतिक्रिया दिनुहोस