aarthiknews.com शनिबार, २० मंसिर २०७७   Saturday, 05 December, 2020
 

जनरल इन्स्योरेन्सको शेयर कारोबार हुन सकेन, यस्तो छ कारण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
जनरल इन्स्योरेन्सको शेयर कारोबार हुन सकेन, यस्तो छ कारण
LBEF
Nabil Bank

काठमाडौं । प्रि ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर कारोबार मंगलवार हुन सकेन ।

मंगलवारदेखि कारोबारयोग्य हुने गरी कम्पनीले १ करोड कित्ता शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको थियो । सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि प्रि ओपनिङ सेसनमा खरिद र विक्री आदेश म्याचिङ हुनपर्ने हुन्छ । मंगलवार जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रि ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा नियमित सेसनको कारोबार नभएको हो । 

यस कम्पनीले सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीले संस्थापकतर्फको ७० लाख र सर्वसाधारण तर्फको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेले मंगलवारदेखि कारोबार सुरु गर्ने गरी पहिलो कारोबारका लागि रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्मको रेञ्ज तोकेको थियो ।

यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो । 

प्रतिक्रिया दिनुहोस