aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

निर्माण नसकिँदै भत्कियो सडक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ जेठ २०७६
Sunrise bank
निर्माण नसकिँदै भत्कियो सडक
NIBL-Capital-inside
LBEF

निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ।

सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन्, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो। तर, त्यसो गरिएन। यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ।’

सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। यो समाचार आजको अन्नपुर्ण पोष्टबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस