प्राइम कर्मसियल बैंकको बोनस पारित, नयाँ सञ्चालक समिति पनि चयन - Aarthiknews
aarthiknews.com विहीबार, २८ कार्तिक २०७६   Thursday, 14 November, 2019
 
Bajaj_Bike

प्राइम कर्मसियल बैंकको बोनस पारित, नयाँ सञ्चालक समिति पनि चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
Sunrise bank
प्राइम कर्मसियल बैंकको बोनस पारित, नयाँ सञ्चालक समिति पनि चयन
LBEF
NCH-IPS

काठमाडौं । प्राइम कर्मसियल बैंकको ११ औं साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पारित गरेको छ ।  आइतबार सम्पन्न साधारणसभमा बोर्डले प्रस्ताव गरेका  १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । ।

 बैंकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न आइतबार ११ औं वार्षिक साधारण सभामा बोलाएको थियो। सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तीन जना नयाँ सञ्चालक समिति समेत सर्वसम्मतबाट चयन गरेको छ । सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जना पनि चयन गरेको भएको छ । 

नयाँ सञ्चालकमा संस्थापककोतर्फबाट उदयमोहन श्रेष्ठ, राजेन्द्र दास श्रेष्ठ र नरेन्द्र बज्रचार्य सर्वसम्वतले चयन भएका छन भने सर्वसाधारणको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् । 

बैंकले साधारणसभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगाएतका विषय सभामा छलफलका पश्चात पास गरेको छ । बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा जेठ २२  हस्ताक्षर गरेको गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस