aarthiknews.com विहीबार, २० फागुन २०७७   Thursday, 04 March, 2021
 
tater Group
Bajaj_Bike

यतीको सिमरा उडान शुरुः भडादर दुई हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
यतीको सिमरा उडान शुरुः भडादर दुई हजार
Jagadamba
LBEF

काठमाडौं ।  निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एअरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तब्यमा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको ९ औं र प्रदेश नं.२ मा दोश्रो गन्तव्य हो ।  

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजबाट सिमरा उडान सुरु गरिएको जानकारी दिए । उनका अनुसार आज नाईन एन एएलएच 9N-AIH  कल साईन भएको जेटईस्ट्रीम–४१ विमान मार्फत विहान ९.१० बजे पहिलो उडान भरेको छ । दोश्रो उडान साँझ ४.४५ बजे हुनेछ ।  “अब सिमरा नियमित रुपले दैनिक २ उडान हुनेछन् र यात्रुहरुको माग भए उडान संख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ ”–प्रवक्ता बर्तौलाले भने । 

आज पहिलो दिन काठमाडौँ– सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथा मार्फत १ जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराईने समेत उनले जानकारी दिए ।

यतीले हालको लागि प्रमोशनल भाडा काठमाडौँ– सिमरा–काठमाडौँको एकतर्फी रु एक हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकटहरु एअरलाईन्सका सेल्स अफिस तथा मोबाईल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाईन मार्फत लिन सकिनेछ । केही दिन अघि आन्तरीक पर्यटन प्रबर्धनका लागी भन्दै विभिन्न गन्तव्यहरुको लागी न्युनतम मुल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सीहरु र मोबाइल एप्स मार्फत टिकट खरीद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजना समेत अघि सारेको छ ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२  पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस