मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखराको मर्दी खोलामा शुरु हुँदै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 

मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखराको मर्दी खोलामा शुरु हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
Sunrise bank
मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखराको मर्दी खोलामा शुरु हुँदै
LBEF
NCH-IPS

काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो आयोजनाको काम शुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम शुरु गर्न लागिएको हो । 

खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास जेठ २८ गते मंगलबार गर्ने कार्यक्रम छ । मेलम्चीपछि मन्त्रालयको खानेपानीको क्षेत्रमा सुरु हुन लागेको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्रभित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ । 

अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना शुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । 

जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेपछि ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा  हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस