aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गरिदिने श्रमिकहरुको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
Sunrise bank
भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गरिदिने श्रमिकहरुको चेतावनी
NIBL-Capital-inside
LBEF

काठमाडौ । काठमाडौ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका अधिकाँश व्यवसायीले मजदुरमाथि शोषण गरिरहेको भन्दै नियमसंगत कार्य गर्ने श्रमिकलाई कानूनअनुरुपको पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा प्रदान गर्न आग्रह गरे । सरकारले नै कानून उल्लघन गरेको आरोप लगाउँदै अध्यक्ष पराजुलीले श्रमशोषण गर्ने सरकारी निकाय र व्यवसायीक संस्थामा तालाबन्दी गरिदिने चेतावनी समेत दिए । 

अध्यक्ष पराजुलीले भनेर्,  नेपाल एयरलायन्स लगायत पर्यटन क्षेत्रका सरकारी निकायमै मासिक करिब ६÷७  हजार रुपैंया परिश्रमिक दिइन्छ । यो लज्जाष्पद विषय हो । हामी मजदुरमाथि शोषण गर्ने सरकारी संस्था होस् या व्यवसायीक कम्पनीलाई अब छाड्ने अवस्थामा छैनौं । मजदुर मार्ने काम भयो भने हामी हात ठाडो पार्न बाध्य हुनेछौं । कम्पनीमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।’ आउटसोर्सिङ कम्पनीले हाल पर्यटन क्षेत्रमा दादागिरी गरिरहेको भन्दै ती सबै संगठनको दादागिरीलाई ठेगान लगाइने बताए । 

अध्यक्ष पराजुलीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मजदुरको सहयोग बीना पर्यटन क्षेत्र सफल हुन नसक्ने भन्दै संगठनले पर्यटन क्षेत्रमा अप्रिय अवस्था नआयोस् भन्नका लागि बेलैमा सोच्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले प्रश्न गर्दै भर्ने भ्रमण वर्षमा मजदुरको भूमिका के हो ? यदि मजदुरले ट्रेकिङ गर्न छाडिदिए भने, हिमाल चड्न छाडिदिए भने के भ्रमण वर्ष सफल होला ? हामी बेलैमा मजदुरको सहभागीतासहित नीतिगत र अन्य व्यवस्थामा लाग्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
कार्यक्रममा नेपाल ट्रेड यूनियन (जिफन्ट) का महासचिव जनक चौधरीले ट्रेड यूनियन अधिकारका लागि मुख ताक्ने होइन नेतृत्व गर्न र नीति बनाउने तहमा पुग्न पर्यटन श्रमिकहरुलाई निर्देशन दिए । कार्यक्रममा नाट्टाका अध्यक्ष सिएन पाण्डेले श्रमिकको कार्यक्षमता वृद्धि गर्न सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने संस्थाको योजना रहेको बताए ।

अध्यक्ष पाण्डेले मालिक र श्रमिकबीच विभेद हुने अवस्थाको अन्त्य गर्न आफूहरु क्रियाशिल रहेको बताए । 

प्रतिक्रिया दिनुहोस