aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

रेल विभाग सम्हाल्न पुगिन प्रमिला बज्राचार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
Reliance life insurance
रेल विभाग सम्हाल्न पुगिन प्रमिला बज्राचार्य
Jagadamba
LBEF

काठमाडौं । सचिव बन्ने पहिलो लाइनमा पुगेकी  प्रमिला बज्राचार्यले रेल विभाग सम्हाल्ने जिम्मा पाएकी छिन् ।  भौतिक तथा पूर्वाधार मन्त्रालयले उनलाई आज सोमबारदेखि रेल विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्न पठाएको हो । 

दुई वर्ष एक महिना नेतृत्व गरेर महानिर्देशक पदबाट बलराम मिश्रले अवकास पाएका छन्। उनको ठाउँमा सहसचिव प्रमिला बज्राचार्यलाई यातायात मन्त्रालयले जिम्मेवारी दिएर पठाएको छ । सरकारले ३ सय बिजुली बस खरिद गर्न गठन गरेकोे कार्यदलको संयोजकको जिम्मा उनलाई दिएको थियो। मन्त्रालयमा उनलाई निर्माण महाशाखाको जिम्मेवारी दिइएको थियो । विभागका महानिर्देशक बलराम मिश्रले गत ३१ गतेबाट अवकास पाएसँगै बज्राचार्यलाई त्यहा पठाइएको हो । 

बज्राचार्य खानेपानी विभागमा इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । २०६६  सालमा खुल्लाबाट सिनियर डिभिजन इन्जिनियर पदमा नाम निकालिन् भने  २०६७ सालमा खुल्लाबाट सहसचिव बनेकी हुन् । 
 

प्रतिक्रिया दिनुहोस