aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

अबको भन्सार प्रशासन डिजिटल मैत्री हुनुपर्छः अर्थ सचिव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
Reliance life insurance
अबको भन्सार प्रशासन डिजिटल मैत्री हुनुपर्छः अर्थ सचिव
Jagadamba
LBEF



काठमाडौं । अर्थसचिव शिशिरकुमार ढुंगानाले अबको भन्सार डिजिटल हुनु पर्ने बताएका छन् ।  भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ सचिव ढुंगानाले डिजिटल प्रविधिमा जोड दिएका हुन् । 

गोष्ठीमा भन्सार प्रशासनमा विभिन्न समस्याहरू आउने र ती समस्याको  समाधान गर्दै वास्तविक एवम् पारदर्शी रुपमा कार्य गरी भन्सार प्रशासनमा स्वच्छता कायम गर्न उनले निर्देशन समेत दिएका छन् । राजस्व संकलनको लक्ष्य पूरा गर्न सुझाउँदै सचिव ढुंगानाले सकारात्मक कार्य गर्ने कर्मचारीलाई आफूले संरक्षण गर्ने पनि बताए । 

कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले भन्सार विभाग थप सुधारको दिशामा अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनले भन्सामा वर्गीकरण, मूल्यांकनका र जोखिम व्यवस्थापनमा मुख्य रुपमा छलफल भई देखिएका समस्या र चुनौती समाधान गर्न अग्रसर हुनु पर्नेमा जोड दिए । 

उक्त अवसरमा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले भन्सार कार्यालयहरूबीच प्रतिस्पर्धाको भावना जागृत गराउनु पर्ने बताए । नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश दाहालले भन्सार प्रशासनको सुधारको प्रयास सन्तुष्टी जनक रहेको बताए ।  भन्सार प्रशासनमा अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई कार्यान्वयन गर्नु पर्छ,’ उनले भने । 

अर्थमन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले भन्सार प्रशासनको प्रमुख कार्य व्यापार सहजीकरण, राजस्व संकलन र व्यापार सम्बद्ध सूचना एवम् तथ्यांक उपलब्ध गराउने रहेको सुझाए । 

भर्चुअल रुपमा सम्पन्न उक्त कार्यक्रममा विभागका महानिर्देशक सुमन दाहालले पछिल्लो आर्थिक वर्षमा भएका विभिन्न सुधारका बारेमा जानकारी गराउँदै प्राप्त निर्देशन पालना गर्दै अघि बढ्ने बताए । साथै कोभिड १९ को जोखिमकाबीच समते व्यापार सहजीकरण एवम् राजस्व संकलनलाई निरन्तरता दिई आपूर्ति श्रृंखलालाई नियमित रुपमा सुचारु गर्नेमा आभार समेत प्रकट गरे । 

गोष्ठीमा भएको छलफलपछि भन्सार प्रशासनले गरिआएका सुधारात्मक कार्यहरुलाई संस्थागत गर्न २७ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको विभागका महानिर्देशक दाहालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस