aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

लगानीबारे यस्ता छन् शेयर बजारका बादशाह ‘बफेट’का टिप्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
Reliance life insurance
लगानीबारे यस्ता छन् शेयर बजारका बादशाह ‘बफेट’का टिप्स
Jagadamba
LBEF

संसारका सर्वाधिक चर्चित शेयर बजारका लगानीकर्ता वारेन बफेट मान्छे भाग्यले मात्रै धनी बन्दैन भन्ने धारणा राख्छन् । केहि समय अघि उनले सुनमा लगानी गर्ने अप्रत्याशित निर्णय गरेसँगै उनी फेरि एक पटक चर्चामा थिए । 

शेयर बजारका बादशाह उपनामले चिनिने बफेटले कुनै बेला भन्ने गर्थे—सुनमा गरिएको लगानी व्यर्थको लगानी हो । जसको कुनै काम छैन । तर, अहिले उनी ठुला र चर्चित भनिएका बैंकहरुमा गरिएको लगानी फिर्ता गर्दै धमाधम सुन किनिरहेका छन् । 

कोरोनाले विश्वव्यापी आर्थिक संकट उत्पन्न गराएर सबै लगानीकर्ताहरूलाई के गर्ने कसो नगर्ने भन्ने अन्यौलता पारिरहेका बेला उनले लगानीमा देखाएको फेरबदल निकै अर्थपूर्ण छ । 

लगानीको मामिलामा सधैँ सही निर्णय सक्ने व्यक्तित्वका रूपमा आफ्नो पहिचान बनाएका अनुभवी लगानीकर्ता बफेटले संकटका बेला समेत कसरी ठिक निर्णय गर्ने भन्ने विषयमा केही टिप्सहरू दिएका छन् । 

उनका महत्त्वपूर्ण अनुभवले भरिएका त्यस्ता टिप्सहरू अवश्य पनि जस्तो सुकै संकटका बेला समेत सही निर्णय गर्न सहयोगी बन्ने छन् । त्यस बाहेक उनको प्रेरणादायक जीवनशैलीका केही रोचक पक्ष र अहिलेको संकटलाई समेत ध्यानमा राख्दै केही सुझावहरु प्रस्तुत गरिएको छ । 

लगानीबारे उनका टिप्स यस्ता छन् 
भरोसा नभएसम्म लगानी नगर्ने—बफेटले भन्ने गरेका छन् बजारको कुनै पनि त्यस्तो क्षेत्रमा लगानी नगर्नु जबसम्म तपाईँलाई त्यो कम्पनी वा क्षेत्रसँग पुर्णरुपमा भरोसा जाग्दैन । कुनै पनि लगानीबारे थोरै मात्रै सन्देह छ भने त्यसमा लगानी नगर्न उनी सुझाव दिन्छन् । अरूको सल्लाहको आधारमा त झन् लगानी गर्ने नहुने उनको सुझाव छ । 

सबै कुरा बुझेर मात्रै लगानी गर्ने—अन्य लगानीकर्तालाई हेरेर बजारमा पैसा नहाल्न उनको सुझाव छ । जहाँ लगानी गर्न खोजिन्छ त्यसबारे स्वयम् आफैले बुझ्नुपर्ने बफेटको धारण छ । पुँजी बजारमा धेरै खालका अफवाह फैलने हुनाले त्यसको पछि नलाग्न र आफूले छानेको राम्रो कम्पनीको उपयुक्त मूल्यमा शेयर खरिद गर्नुपर्ने उनको विचार रहेको छ । 

आफूलाई शान्त राख्नु—सन् २०१७ मा उनले आफ्नो कम्पनी वर्क सायर हैथवेका लगानीकर्ताहरूलाई उनले लेखेका थिए, जब बजारमा मन्दी देखा पर्छ त्यो बेला आफूलाई शान्त राख्ने गर्नुपर्छ । हडबडाएर शेयर बिक्री गर्नतिर लाग्नु भएन । उनी लगानीकर्ताहरूले लगानीका आधारभूत नियम सधैँ पालना गर्नुपर्ने विचार राख्छन् । जसमा बजारमा गिरावट देखिनासाथ नआत्तिनु पनि एक हो । 

लगानीभन्दा नाफामा ध्यान दिने—यो महत्त्वपूर्ण होइन की तपाईँले कहाँ र कस्ता कम्पनीमा लगानी गर्नु भएको छ । बरु कति नाफा प्राप्त गर्न सकिने कम्पनीको लगानी गर्नु भएको छ त्यो कुरा महत्त्वपूर्ण हुन्छ । त्यसैले नाफालाई हेरेर लगानी गर्न उनले सुझाव दिएका छन् । त्यसैगरि, आफूलाई मन परेको मात्र काम गर्न तर अरूको लहडमा आएर पुँजी बजारमा नहोमिन समेत उनले सुझाएका छन् । 

प्रतिक्रिया दिनुहोस