aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

अनलाइनबाट आफै करको विवरण भर्न सक्नु हुन्न ? त्यस भए यसो गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ असोज २०७७
Reliance life insurance
अनलाइनबाट आफै करको विवरण भर्न सक्नु हुन्न ? त्यस भए यसो गर्नुहोस
Jagadamba
LBEF

काठमाडौं । यदि तपाईको व्यवसाय भ्याटमा रजिस्टर छ भने तपाईले दुई कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । सर्वप्रथम तपाईले सामान किन्दा तिर्ने गर्नुभएको भ्याट र अर्को तपाईले सामान बेच्दा लिने गर्नुभएको भ्याटको हिसाब गर्दा यी दुवै किसिमका भ्याट बराबरी आउनुपर्ने हुन्छ । यदि नआएको खण्डमा सरकारले तपाईलाई भ्याट रिटर्न गर्नुपर्ने हुन्छ । बेच्दा लिएको भ्याट भन्दा खरिद गर्दा तिरेको भ्याट बढी हुन आएको खण्डमा सरकारले भ्याट रिटर्न गर्छ। यसका लागि तपाईले भ्याट रिटर्न फारम भर्नुपर्ने हुन्छ । 

यो फारम यदि पहिलो पटक भर्दै हुनुहुन्छ भने तपाईँलाई समस्या पर्न सक्छ। यो लेखमा हामीले नयाँ प्रयोगकर्ताहरूलाई सहज होस् भन्ने हिसाबले फारम भर्ने सम्पूर्ण प्रक्रियाहरू उल्लेख गरेका छौँ ।

कर कार्यालय (आन्तरिक राजस्व कार्यालयर करदाता सेवा कार्यालय) मा गएर आफ्नो कम्पनीको Usernameर Password का लागि निवेदन बुझाउनुहोस् । Usernameर Password तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ नभए बढीमा एक दिन लाग्छ । अब अनलाइन फारम भर्न सकिन्छ ।

आन्तरिक राजस्व कार्यालयको वेबसाइट https://ird.gov.np मा जानुहोस् । वेबसाइट खोलेर त्यहाँ रहेको Taxpayer portal  अप्सनमा जानुहोस्  । बायाँ पट्टि Vat  लेखिएको अप्सन देख्न सकिन्छ । त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ विभिन्न अप्सन देखिनेछन्। त्यस मध्ये Taxpayer portal मा क्लिक गर्नुहोस् ।

प्रयोगकर्ताको नाम र पासवर्ड भर्नका लागि बक्सहरू देख्न सक्नुहुन्छ। त्यहाँ Usernameर Password राख्नुहोस् । पुन पासवर्ड, स्थानीय लेखा नम्बर (Vatत), इमेल ठेगाना र  सम्पर्क नम्बर पनि खाली ठाउँमा भर्नुहोस् । 

सबै विवरण भरसकेपछि रेजिस्टर लेखिएको ठाउँमा थिच्नुहोस् । तपाईँ सफल्ता पूर्वक दर्ता हुनुभयो कृपया तपाईँको सब्मिसन र प्रयोगकर्ताको नाम र पासवर्ड टिपि राख्नुहोस् भनी स्क्रिनमा लेखिएको देख्न सकिन्छ । त्यसको ठिक तल पट्टि Proceed लेखिएको देख्नुहुन्छ, त्यहाँ थिच्नुहोस् ।

अब तपाईँको स्क्रिनमा मूल्य अभिवृद्धि कर विवरण फारम आउनेछ । यसमा सोधिएका खाली ठाउँहरू भर्दै जानुहोस् । कुन आर्थिक वर्षको कर बुझाउँदै हुनुहुन्छ सो आर्थिक वर्षलाई “वर्ष” लेखिएको खाली ठाउँमा उल्लेख गर्नुहोस् ।

कर मासिक, चौमासिक वा दुई मासिक (फारम दर्ता गरिएको समयमा उल्लेख भएको) अप्सन छान्नुहोस् । कर लाग्ने बिक्री लेखिएको खाली ठाउँमा तपाईँको बिक्री खातामा भएको कर योग्य बिक्रीको मूल्यमा रहेको कुल रकम राख्नुहोस् ।

बिक्रीमा तिरेको कर डेबिट लेखिएको अप्सनमा तपाईँको बिक्री खातामा भएको कर योग्य बिक्रीको कर रकम राख्नुहोस् । निकासी र छुट बिक्री भएमा पनि भर्ने ठाउँ दिइएको हुनेछ । कर लाग्ने खरिद भर्न राखिएको खाली ठाउँमा तपाईँको खरिद खातामा भएको कर योग्य खरिदको मूल्यमा रहेको कुल रकम राख्नुहोस् ।

त्यस्तै कर लाग्ने खरिद भर्न राखिएको खाली ठाउँमा तपाईँको खरिद खातामा भएको कर योग्य खरिदमा रहेको करको कुल रकम राख्नुहोस् । कर लाग्ने पैठारी, छुट खरिद, छुट पैठारी वा अन्य थपघट रकम भए दिइएका अप्सनहरूमा उल्लेख गर्नुहोस्  ।

गएको महिनाको मिलान गर्न बाँकी क्रेडिट रकम भर्नका लागि दिइएको बक्समा रकम भर्नुहोस्  । माथि विवरण भरिसक्दा कर तिर्नुपर्ने देखिएमा जम्मा भुक्तानी रु. लेखिएको अप्सनमा भर्नुहोस्  र सो तिर्न प्रयोग भएको भौचर नम्बर दिइएको बक्समा लेख्नुहोस् ।

तपाईँले खरिद गर्नुभएको कुल बिजक संख्या ‘कुल खरिद बिजक संख्या’ मा र बिक्री गर्नुभएको कुल बिजक संख्या ‘बिक्री बिजक जम्मा सख््या’ मा उल्लेख गर्नुहोस्  । फारम भर्दै जाँदा अब तपाईँले ठुलो सेतो खाली ठाउँ देख्नुहुन्छ । तपाईँले वा तपाईँको संस्थाले १ पटकमा १ लाखभन्दा बढीको कारोबार गरेको छ भने दाहिने पट्टिको अप्सन Download sample excel file here लेखिएको बटनमा क्लिक गर्नुहोस् । डाउनलोड भएको excel file अनुसारका विवरणहरू भर्नुहोस् र अपलोड गर्नुहोस् ।

अन्त्यमा तपाईँले “म, यस कर विवरणमा उल्लेख गरिएको जानकारी सत्य र पूरा भएको ब्यहोरा प्रमाणित गर्दछु” लेखिएको देख्न सक्नुहुन्छ त्यसको बायाँपट्टि चिन्ह लगाउने ठाउँ देख्न सकिन्छ। त्यहाँ चिन्ह लगाउनुस् । 

अब यी विवरणहरूलाई सेभ लेखिएको अप्सनमा गएर सेभ गर्नुहोस् र नजिकै रहेको प्रिन्ट अप्सनमा थिचेर प्रिन्ट गर्नुहोस् । सब्मिट लेखिएको अप्सन पनि सँगै देख्न सक्नुहुनेछ । त्यहाँ क्लिक गरेर तपाईँ आफैले भेरिफाइ गर्न सक्नुहुन्छ र सो कार्य गर्नका लागि कार्यालयबाट प्राप्त गर्नुभएको Usernameर Password  प्रयोग गर्नुपर्नेछ । अन्तरिक राजस्व विभाग

विवरण भर्ने तरिका 

प्रतिक्रिया दिनुहोस