रेमिट्यान्सबाट आएको रकम शेयर बजारमा लगाउने उपाय खोज्न सुझाव - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सव

रेमिट्यान्सबाट आएको रकम शेयर बजारमा लगाउने उपाय खोज्न सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ जेठ २०७६
Sunrise bank
रेमिट्यान्सबाट आएको रकम शेयर बजारमा लगाउने उपाय खोज्न सुझाव
LBEF
NCH-IPS

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । 

विप्रेषणबाट प्राप्त हुने रकम घरजग्गालगायत अन्य दैनिक उपभोगका क्षेत्रमा मात्रै खर्च भइरहेकाले सो रकम शेयर बजारमा मात्रै लगाउनसके अर्थतन्त्रमा केही न केही सुधार हुने अर्थमन्त्रीको सङ्केत थियो । 

नेपाल धितोपत्र बोर्डको २७औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले देशको अर्थतन्त्र क्रमशः सबल बन्दै गएकाले त्यसको प्रतिविम्बन शेयर बजारमा पनि देखिने उल्लेख गरे । मन्त्री डा. खतिवडाले शेयर बजारलाई अनावश्यकरुपमा बढाउने र घटाउने प्रवृत्तिको निरुत्साहनका लागि पनि सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताए । 

बजारमा देखिएका अन्योलता हटेको र सुधारको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले शेयर खरीद बिक्रीमा लाग्ने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने प्रस्ताव गरिएकाले अन्योलता हटेकाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे  । 

उनले शेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिनुभयो । अर्थमन्त्रीले भने, “हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हेयौँ। शहरी घरजग्गामा महिलाको स्वामित्व आठ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको छ । सानो एउटा सुधारले पनि ठूलो प्रभाव पर्छ ।”

शेयर बजारमा महिलाका स्वामित्व लगानी बढाउन अवलम्बन गर्नुपर्ने उपायको गृहकार्य बोर्डले गर्नुपर्ने अर्थमन्त्रीको जोड थियो । कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डको गतिविधिका बारेमा जानकारी गराएका थिए  ।

प्रतिक्रिया दिनुहोस