आज विश्व मुटु दिवस । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ । विश्वमा सबैभन्दा बढी मानिस मुटु रोगकै कारणले गर्दा मर्दछन्। यसबाट आम नागरिकलाई सचेत गराउने र मुटुलाई स्वास्थ्य राख्नको लागी विश्व मुटुरोग दिवस मनाइन्छ। मुटुसम्बन्धी वंशाणुगत समस्याले गर्दा पनि नागरिक पीडित छन् । नागरिकहरुले केही कुरामा ध्यान दिने हो भने मुटु रोगबाट बच्न सकिन्छ । मुटु दिवसको अवसरमा मुटुमा लाग्ने रोग, नागरिकले ध्यान दिनुपर्ने कुरा, उपचार पद्धति लगायतका बारेमा सिनियर कन्सल्टेन्ट कार्डिओलोजिस्ट डा.मिलन प्रकाश श्रेष्ठसँग आर्थिकन्युज डट कमका राम कार्कीले गरेको कुराकानी ः
मुटु भनेको के हो, आम नागरिकले कसरी बुझ्ने ?
छातिको वरिपरी र मुटुभित्रको समस्यालाई मुटुरोग भनिन्छ। मुटुरोग धेरै किसिमका हुन्छन्। सर्वसाधारणले मुटुरोग भनेको सहजै अनुमान लगाउन सक्दैनन। यो रोग लागेको भनेर थाहा पाउन स्वासप्रश्वासमा र छातिको भागहरूमा केही समस्या आएमा मात्रै रोग लागेको भनि अनुमान गर्न सकिन्छ।
मुटुमा देखिने समस्याहरु केके हुन् ?
हिड्दा स्वासप्रश्वासमा समस्या आउने,मुटुको धड्कनमा समस्या देखिने र दुबै खुट्टा सुन्निने, चक्कर लाग्ने, बेहोस भएर ढल्ने यसका मुख्य लक्ष्यणहरु हुन।
सहरी क्षेत्रमा मुटुरोग बढी देखिनुको कारण ?
बल्ड प्रेसर ,सुगर,खानपिनमा ध्यान नदिनु, मानसिक तनाव,मोटोपना,दुर्वेसनि मुख्य कारण हुन।यता सहरी क्षेत्रका नागरिकमा भने आधुनिक जीवनशैली, खानपान, अल्छीपनाले गर्दा रोगी बढ्दै गइरहेको छन।
मुटुको समस्यालाई नागरिकले कतिको ध्यान दिएको पाउनु पाइन्छ ?
आम नागरिकले यसलाई गम्भीर रुपमा लिएको पाइदैन। मानिसहरुले सामान्य रूपमा छाति दुखेमा वेवास्ता गर्दछन।तर, लगातार दुखेमा मात्र आउने गरेको पाइन्छ। जति गम्भीर रुपमा लिनुपर्ने हो त्यति गम्भीर रुपमा आम मानिसले लिएको छैनन। विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभाव र विकटताका कारणले उपचार पाउनबाट वञ्चित भएका छन् । नेपालका नागरिकलाई सहज हुने ठाउँमा मुटु रोग उपचार सेन्टर नहुँदा पनि देशभरका नागरिक काठमाडौं आई उपचार गराउन बाध्य छन् ।
कस्ता व्यक्तिमा मुटुसम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छन् ?
महिलाहरुको तुलनामा भन्दा पनि पुरुष हरुमा यो समस्या बढी देखिन्छ। त्यस्तै उच्च रक्तचाप, धुम्रपान र मध्यपान गर्ने मानिसहरूलाई यो रोग बढि मात्रामा देखिन्छ। कोल्ड स्टोर भएको मानिसमा पनि यो रोग को सम्भावना बढी देखिन्छ।मोटोपन बढि भएको मा र साधारण तथा नियमित ब्यायाम नगर्ने मानिसहरूमा पनि यो रोग लाग्ने सम्भावना रहेको हुन्छ।
मुटुलाई स्वस्थ राख्न केके कुरामा ध्यान दिनुपर्छ ?
हरेक दिन १ देखि १ः३० घण्टा व्यायाम गर्ने, खानपिनमा विशेष ध्यान दिनुपर्छ । मांशाहारी मात्र नभएर शाकाहारी भोजन पनि खाने, फलफूल,सुगर हुने कुराहरु नखाने, मोटोपना सन्तुलन गर्ने,सुगर प्रेसरको नियमित रूपमा चेकजाँच गर्ने, मानसिक तनाब कम गर्ने र आफ्नो दैनिकी परिवर्तन गर्ने यति गरियो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस