aarthiknews.com बुधबार, १२ कार्तिक २०७७   Wednesday, 28 October, 2020
 
Tansen_cement
Bajaj_Bike

‘महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
LBEF
Nabil Bank

बैंक तथा बीमा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव सम्हालेका तथा  वित्तीय बजारलार्ई नजिकबाट निहालेका मनोज कुमार भट्टराई अहिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छन् । यसअघि नेपाल लाइफ इन्स्योरेन्सलाई त्यो उचाइमा पुर्याउने सुत्रधारका रुपमा रहेका सीईओ भट्टराईसँग नेपाल औद्योगिक विकास निगम (एनआईडीसी), ग्रान्ड बैंकमा  काम गरेको कार्याअनुभव छ । बीमा क्षेत्रमै दुई दशभन्दा लामो यात्रा गरिसकेका उनै भट्टराईसँग बीमा बजारको पछिल्लो अवस्था, यस क्षेत्रको सम्भावना तथा अवसर, चुनौती, समस्या र समाधानका साथै प्राइम लाइफसँग सम्बन्धित रहेर आर्थिकन्युज डटकमले गरेको आर्थिक बहसः

कोरोना महामारीबीच बीमा व्यवसायलाई अगाडि बढाउन के के गरिरहनु भएको छ ?

यो महामारी हाम्रो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । हाम्रो सोच आफ्नो परिवार व्यक्ति र सानो समाजमा मात्र सीमित रहेछ । कोरोना महामारीले हामीलाई मानिसको जीवनको जोखिम यति परिधिभित्र मात्र सीमित रहेनछ भनेर पाठ सिकायो । 
अब जीवन बीमा किन गर्नुपर्छ भनेर भनिरहनु पर्दैन जस्तो लाग्छ ।

हामीले जुन जोखिमहोला भनेर भन्छौँ त्यसको आर्थिकरुपमा न्यूनीकरण गर्न सहज पार्ने भनेको एउटै उपाय भनेको जीवन बीमा हो । यो महामारीको बेला हामीले हाम्रो बीमा व्यवसाय कसरी अगाडि बढाउने भन्दा पनि यो अवस्थामा हामी कसरी बाँच्ने भन्ने सोच राख्नुजरुरी छ । 

अहिले नयाँ बीमा पोलिसी बिक्री गर्नुभन्दा पनि अहिलेसम्म बीमा गराएका बीमकहरूको धरोहर, जिम्मेबारीको जुन दायित्व हामीले लिएका छौं, त्यसलाई नोक्सानी हुन दिन हुँदैन भन्ने हो । कोभिडको प्रभाव कम हुँदै गएपछि मात्र व्यवसायको बारेमा सोचौला भनेर हामीले योजना बनाएका छौं । अहिले हामी हाम्रो व्यवसाय कसरी अगाडि बढाउने भन्दा पनि कसरी बचाउने भन्नेमा छौँ । 

व्यवसाय बचाउन के के गरिरहनु भएको छ त ?

पहिलो काम त खर्चका न्यूनीकरण गर्नु हो । अहिले आम्दानी घटेको छ । पहिलेको जस्तो व्यवसाय फष्टाउन सकेका छैनौ । व्यवसायसुस्ताए पनिफिक्स कस्ट त छँदैनैछ । सकेसम्म नयाँ कर्मचारीहरू भर्ना नगर्ने, खर्च कटौती गर्ने र प्रचार प्रसारखर्च कम गर्ने गरेका छौँ । अहिले बीमा गर्छु भन्नेलाई ५ लाखसम्मको बीमा अनलाइन प्रणालीको माध्यमले घरबाट नै गर्न सक्ने व्यवस्था मिलाएक छौं । अनलाइन व्यवस्था हामीले झण्डै डेढ वर्ष पहिलेदेखि नै शुरु गरेका थियौँ यसले गर्दा अहिले यो महामारीको बेला सहज भएको छ । 

यो महामारीले बीमा नवीकरण गर्नेलार्ई कतिको असर पार्यो ?

पटक्कै असर परेन । जसले बीमाको शुल्क तिर्न सक्ने गरी आम्दानी नै गर्न सकेनन् त्यस्तोहरूको लागि हामीले बीमा समितिको निर्देशन अनुसार त्यो अवधिको विलम्ब शुल्क नलिने भनेर छुट गरेका थियौँ । सक्नेहरूले अनलाइनबाट पनि शुल्क तिर्नु भयो । विगतको वर्षभन्दा यो वर्ष हाम्रो नवीकरणअसाध्यै राम्रो भएको छ । लामो समयसम्म नवीकरण नगर्नेहरू पनि यो बेला जीवनको महत्व बुझेर नवीकरण गर्न आएका छन् । 

म जहिले पनि के भन्छु भने यो जीवन बीमा भनेको १०–२० लाख तिरेर पाइने होइन हाम्रो जीवनको फिलोसपीलाई बुझ्नु पर्छ । हामीले जन्मदेखि नै हरेक कुरामा बीमा गरिरहेका हुन्छौँ । हामीले गर्ने हरेक गतिविधि बीमा हो । हामीले बच्चा जन्मिने वित्तिकै न्यायो कपडा लगाइदिने स्याहार सुसार गर्छौ । यो गर्नु भनेको पनि बीमा त हो नि । पौष्टिक खाना खाने, दैनिक एक्ससाइज गर्ने जस्ता कार्य गर्नु पनि बीमा नै हो । यसले हाम्रो शरिरलाई तन्दुरुस्त राख्छ ।

तर, हामीले बीमा जस्तो व्यापक कुरालाई सानो संकुचित बनाएर ५–१० लाख बीमा शुल्क तिरेर बीमा गर्ने भनिरहेका छौँ । हामी सानो हुँदा हाम्रा अभिभावकले सुरक्षित गर्नु भएको थियो । हामीे हात खुट्टा चल्ने भएपछि आफै सुरक्षित हुन खोज्छौ यी बीमाका गतिविधि नै हो । यो सबै गर्नु भनेको जोखिम कम गर्न त हो नि । यो सबै गर्दा गर्दै पनि जीवनलाई आर्थिक रुपले सरल र सहज बनाउन बीमा गर्ने हो । 

मानिसको जीवन बाहेक संसारमा सबै कुराको मूल्य हुन्छ । जीवन बीमाले त मानिसलाई थोरै भए पनि मूल्यवान बनाउने मात्र हो । कम से कम बीमा गर्दा यसलाई तलमाथि केहि पर्यो भने यति मूल्यको बराबरको मानिस चाँहि हो है भन्न अर्थात रिक्स व्यवस्थापन गर्न बीमा गर्ने हो । अमूल्य चिजको मूल्यवान बनाउन हामीले बीमाको प्रविधि अपनाउने हो ।

लकडाउनको समयमा नयाँ बीमा पोलिसी बिक्रीको अवस्था कस्तो थियो ?

वैशाख र जेठमा यो लकडाउनका कारण बीमाको गति बिग्रिएको थियो । असार महिनामा हामीले केहि हदसम्म खुल्ला भएको बेलामा जीवन बीमा कम्पनीहरुले राम्रो गर्यो । हाम्रो व्यवसाय अभिकर्तामा भर पर्ने व्यवसाय हो । उनीहरूले व्यक्ति भेट्न जानु पर्ने हुन्छ । तर, यसबेलामा त व्यक्ति भेट्नै नपाइने भएकोले साउन र भदौमा त्यति राम्रो व्यवसाय भएन । तर, पनि गत वर्षको भन्दा राम्रो भएको छ । यसपालि असोज महिनाको लागि पुरा समय सदुपयोग गर्ने अवसर पनि मिलेको छ । यो महिनामा धेरै नै राम्रो व्यवसायगछौँ भन्ने आशा छ । 

बीमा बजारमा प्राइमको आफ्नै पहिचान छ । त्यहि पनि हाम्रा प्रडक्टहरूप्रायः परम्परागत छन् ।आम ग्राहकलाई आकर्षण गर्न नयाँ खालको पोलिसी ल्याउँन किन नसकिएको हो ?

कोरोना बीमालाई बीमा भन्दा पनि सामाजिक सुरक्षाको रुपमा लिनुपर्छ । किनभने यो कोभिड बीमा बीमाको सिद्धान्त भन्दा फरक छ । महामारीमा मानिसलाई सहज गरौँ भनेर ल्याइएको हो यो बीमा पोलिसी । तर, एउटा कुरा मानिसले के बुझ्नु पर्छ भने बीमा मानिसको लागि अपरिहार्य छ । अमूल्य जीवनलाई मूल्यवान बनाउनुपर्छ भनिरहँदा बीमा रकम त तिर्न सक्ने हुन पर्यो नि ?जीविन निर्वाह गर्न सक्ने मात्र आम्दानी भएकालाई त अहिले हामीले बीमा नै गराउन सक्दैनौँ । 

बोनश सहित आउने बीमा योजनाबाहेक त हामीले अरु सोच्नै सकेका छैनौँ । नयाँ किसिमको नयाँ बीमा योजना ल्याउने भन्यो त टाढाको कुरा हो । बोनश कति वर्षमा कति फिर्ता आउछ भन्ने मात्र भए । अब यसलाई अलिक फरक ढंगले सोचेर यो फिर्ता नआए पनि नओस् बरु मेरो राम्रासँग जोखिम बहन होस्न त भनेर मात्र गर्ने हो भने पनि बीमाको परिधि बढ्छ । 

वर्षमा ३/४ हजार तिरेर मेरो जोखिममात्र बहन गरिदिनस्, मलाई बोनस चाहिँदैन भन्ने हो भने थोरै प्रिमियम तिरेर पनि करोडको बीमा गर्न सकिन्छ । आज कसैले प्राइम लाईफ इन्स्योरेन्समा वर्षको ३/४ हजार तिर्छु भन्यो भने उसको ५ लाखको बीमा हुन्छ । तर, उनले बोनश पनि चाहिँदैन । पैसा फिर्ता पनि आउनु परेन । म त्यति रकम तिर्छु मेरो जोखिम बहन मात्रै गरिदिनुस् भन्ने हो भने उसको एक करोडको बीमा हुन्छ । 

त्यस्ता प्रोडक्ट हामीले पनि ल्याउन नसक्ने होइन । ल्याउन सक्छौँ । यी प्रडक्टमा रिक्स बढी हुन्छ तर, पैसा फिर्ता हुँदैन । बोनश दिने भनेको त त्यहि प्रिमियमलाई लगानी गरेर दिने त हो नि । महँगो पैसा तिरेर सानो बीमा गर्नु भन्दा सस्तो पैसा तिरेर ठूलो बीमा गर्नु राम्रो हो ।

हामीले पनि नौलो र नयाँ किसिमको बीमा योजना ल्याउने तयारी गरेका छौँ । यस्तो नयाँ बीमा योजनामा प्राइम लाइफले असाध्यै चमत्कार गरेको छ । हामीले नारी जीवन बीमा भनेर ल्यायौँ । आजसम्म यस्तो योजना अरु कम्पनीले ल्याएका छैनन् । अहिले नेपाल सरकारले सोसल सेक्युरिट फण्ड भन्यो, योगदानमा आधारित फण्ड भन्यो यो त हामीले आज भन्दा ११ वर्ष पहिले ल्याएका हौँ । 

हामीले साढे दुई वर्ष अघि प्राइम जीवन उपहार भनेर एउटा प्रडक्ट ल्यायौँ । यस्तो योजनाआजसम्म संसारमा कहि र कसैले पनि ल्याएका छैनन् । एउटा बीमा गरिरहँदा अर्को साल त्यति नै बीमांक बराबरको(इन्डोमेन्ट)पोलीसी उपहारको रुपमा दिइराखेका छौँ । आज कसैले २५ लाखको बीमा गर्छ भने एक वर्ष पछि उहाँलाई फेरि अर्को ५० लाखको इन्डोमिक पोलीसी बोनश आउने पोलिसी उपहारको रुपमा दिइराखेका छौँ । अब भन्नुस्, यहाँ भन्दा नयाँ सोच कति गर्नु ?

बीमा व्यवसाय विस्तार गर्न के गर्नुपर्छ ?

बीमामा शिक्षा, सचेतनाको कुरा आउँछ । बीमा व्यवसाय सचेतनामा आधारित व्यवसाय हो । अभिकर्तालाई जस्ले दुई पैसा बढी दियो त्यहि राम्रो भनिदिन्छन् । बजारमा त सबै खालका कम्पनी, प्रडक्टहरू छन् । अर्को कुरा हामीले बजारीकरण गर्न सकिरहेका छैनौँ । हाम्रो पनि कमजोरी छ । किनभने हाम्रो पनि लिमिटेसन छ । खाली व्यवसायको हिसावले मात्र काम गयौँ । बीमालाई बुझाउने हिसावले काम नै गर्न सकिरहेका छैनौँ । 

मैले बीमा सचेतनाको कुरा गरे भने प्राइम लाइफको ब्यानर लोगो पछाडि टास्छु । यो गर्नु भनेको त सचेतना होइन विज्ञापन हो । तर, हामीले यसलाई नै सचेतना भनेर भन्ने गरेका छौँ । हामीले गर्दै गरेको त्यो काम नियमनकारी निकायले गरिदियो भने त्यो साँचिकै शिक्षा हुन्छ । बीमा सचेतनाको शुरुवात स्कुलबाटै शुरु गर्न जरुरी छ । विद्यालयको पाठ्यक्रममा समावेश गरेर निम्नमाध्यमिक देखि बीमाको बारेमा पढाइ हुनुपर्छ । 

हामी डिजिटल प्रविधिमा जाँदै गर्दा अभिकर्ताको विकल्पमा अरु केहि हुनसक्छ  कि ?

अभिकर्ताको १०० प्रतिशत विकल्प भनेर त सोच्न नै सकिदैन । सोच्न पनि हुँदैन । यसको विकल्पमा केहि मात्रामा हामीले गर्न सक्ने भनेको अनलाइन हो । अनलाइनबाट ५ लाख भन्दा बढीको बीमा गर्नलाई सम्भव नै छैन । किनभने मेडिकल, अन्डरराइटका कुरादेखि विविध पक्ष छन् ।  यी सबै कुरा गर्दा पनि अनलाइन अभिकर्ताको पुरै विकल्पमा हुन सक्दैन । अर्को संस्थागत अभिकर्ता । यसमा हामीले बैंकबाट पो गर्न सकिन्छ भनेर सुरुवात गर्यौ, तर यो पनि राम्रो भएन । यसमा त झन विकृति पो आयो । पछि मौद्रिक नीतिबाट नै बन्द गर्नु पर्यो । 

हामी बीमालाई पाठ्क्रमका समेटने कुरा गर्छौ । अहिलेसम्म एक्चुरीका लागि विदेश कै भर पर्नु परेको छ । एक्चुरी नहुँदा बीमा कम्पनीहरूले समयमा साधारणसभा गर्न सकिरहेको छैन । यसको व्यवस्थापन मिलाउन कम्पनीहरूले कुनै पहल गरेको छ कि ? 

अहिले नै हामीलाई  ४१ जना एक्चुरी आवश्यक परिसकेको अवस्था छ । यो भन्दा कमको त कामै छैन । पढेर ४१ जना तयार पार्न समय लाग्छ । अहिले हामीले एक्चुरीका लागि विदेशको भर पर्नु परेको छ । यसले गर्दा हामीलाई अप्ठ्यारो पनि परेको छ ।  अहिले हामीले डाटा पठाइ दिइसकेपछि बढीमा दुई महिना होइन भने एक देखि डेढ महिनाभित्रमा सबै काम सकिएर आउँछ । समस्या कहाँ आयो भने हाम्रो एक्चुरीले तयार पारेको प्रतिवेदन नियमनकारी निकाय बीमा समितिमा पेश गर्नु पर्यो । समितिले पनि आफ्नो एक्चुरीका पठाएर भेरिफाइ भएर आएपछि मात्र हामी एजीएमको लागि अगाडि बढ्न सक्छौ । 

आज पनि बीमा ऐन, २०४९ कै व्यवस्थामा टेकेर हामीले काम गरिरहेका छौ । ऐनको दफा २६ मा स्पष्ट भनिएको छ ३ वर्षमा एक पटक जीवन बीमा कम्पनीले बीमांकीय मूल्यांकन गराउनु पर्छ । पछि निर्देशनको रुपमा हरेक वर्ष बीमांकीय मूल्यांकन गराउन थालिएको हो । 

ऐनमा नै त्यस्तो प्रावधान छँदै थियो भने त्यहि अनुसार गर्न पाएको भए सहज हुन्थ्यो । र काम पनि चाँडै हुन्थ्यो । यो बाहेक बीमा समितिले पनि एक पटक हेरेर यो मिलेन यसको जवाफ देउ भने पनि हुन्थ्यो । त्यो पनि हुन सकिरहेको छैन । यता कम्पनी ऐनले पुस मसान्तभित्र एजीएम गरिनस् भने जरिवाना गर्छु भन्छ ।े पुसभित्र कर चुक्ता गरेन भने जरिवाना कर प्रशासनको जरिवानामा परिने । वर्षे पिच्छे बीमांकीय मूल्यांकन गर्नुपर्ने व्यवस्थाले कतै पनि राम्रो हुन सकेको छैन । यतै जरिवाना तिर उता जरिवाना तिर बीमामा समस्या छ ।   

लाइफ फण्डमा २ खर्ब भन्दा बढी भइसक्यो । यसको उचित उपयोग गर्न सकिरहेका छैनौँ । किन होला ?

लगानी गर्ने क्षेत्रहरु प्रशस्त छन् । हामी सारै जोखिमपूर्ण लगानी गर्ने क्षेत्रमा पनि जान सक्दैनौँ । किनभने यो त बीमितको जिम्मेबारीको पैसा हो । निश्चित अवधिपछि बीमांक रकममा केहि थप गरेर फिर्ता गर्नुपर्ने पैसा हो यो । जोखिम कम भएको भेञ्चरमा हामी जाँदा बीमा समितिको जुन निर्देशन छ त्यसको परिधिभित्र मात्र बसेर काम गर्दा पनि त्यति अप्ठयारो छैन । अहिले बीमा समितिले पनि ५ प्रतिशत जति घर जग्गामा लगानी गर भनिरहेको छ । तर, हामीले सो क्षेत्रमा लगानी गर्न सकिरहेका छैनौँ । हामीमा डर छ कतै बीमकको पैसा डुब्ने त होइन भनेर । 

प्राइम लाफइमा आएपछि के के गर्नु भयो र गरिरहनु भएको छ ?

काम गर्न एउटा टिम वर्क चाहिन्छ । तर, पनि एउटा बाटो देखाउने कुरा हुन्छ । मेरो एउटै मात्र सिद्धान्त के छ भने आफूमा भएको क्षमताले भ्याउनेसम्म मैले त्यो ठाउँमा योगदान दिनुपर्छ । म जुन पदीय दायित्वमा छु, यो कम्पनीको होल सिष्टमको केन्द्रविन्दु भनेको त्यहि हो । आफ्नो व्यक्तिगत लाभभन्दा पनि यो कम्पनीलाई मैले के दिन सक्छु र के गर्न सक्छु भन्ने मान्यतामा म काम गर्छु । कम्पनीको नियम कानुनको परिधिभित्र रहेर ‘द वेस्ट’ गर्नुपर्छ भन्ने मेरो सिद्धान्त हो । अहिले मलाई लाग्छ प्राइम लाइफ राम्रो पोजिसनमा पुगेको छ । 

अहिले यो कम्पनी १२ वर्षमा छ । १२ वर्ष पुगिसकेको जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क संकलन गर्ने जुन वार्षिक लक्ष्य हुन्छ जस्तो हामी सँगसँगै आएका सूर्या लाइफ, एशिएन लाइफ गरी यी चार सँगै आएका हुन् । अहिले यी चार मध्ये सबैभन्दा माथि एशियन लाइफ छ । यसमा २२/२३ अर्ब लाइफ फण्ड पुगिसकेको छ । हाम्रो साढे ११ अर्ब मात्र भएको छ । कमशेकम एसियन लाइफको हाराहारीमा त पुग्नु पर्यो नि भन्ने लक्ष्य हो ।  अबको दुई वर्ष अर्थात मेरो कार्यकालमा एसियनको हाराहारीमा पुर्याउन कम्पनीलाई पुर्याउने उद्देश्यका साथ हामीले काम गरिरहेका छौं । 

प्राइम लाइफको आफ्नै घर थिएन । अहिले हाम्रो आफ्नै घर नागपोखरीमा तयार हुन लागेको छ । अब चाडै नै हामी भाडाको ठाउँ छोडेर आफ्नै घरमा सर्दैछौं । प्रत्येक प्रदेशमा प्राइम लाइफको आफ्नै घर बनाउने तयारीमा छु । यति गरे भने आफ्नो कार्यकालमा सक्सेस फूल्ली काम गरे भन्ने आत्म सन्तुष्टि हुन्छ । 
 

बीमा बजारमा प्राइम लाइफको हिस्सा कति छ ?

बजारमा ६—७ प्रतिशत हिस्सा छ । व्यवसायिक हिस्साले मात्र पनि हिस्सा हेर्न हुँदैन । अरु इन्डिकेटर पनि राम्रो छ । लगानीकर्तालाई दिइने मुनाफाको हिसावले हामी सबैभन्दा माथि छौँ । हाम्रो अर्निङ रेसियो पनि हाम्रै छ । यी सबै कुराहरूले हेर्ने हो भने हामी माथि नै छौँ । 

बीमा कम्पनीहरु धेरै छन् । यो प्रतिस्पर्धी बजारमा आमग्राहकले प्राइम लाइफ नै किन रोज्ने त ?

पहिलो कुरा त प्राइम लाइफको प्रडक्टहरू नै सारै आकर्षित छन् । अर्को हाम्रो सेवारको स्तर हो । आपतकालीन रुपमा दाबी भुक्तानी गर्नु पर्यो भने पनि हामीले सहजरुपमा सेवा दिने वातावरण मिलाएका छौँ । कुनै महाविपत्ति पर्छ की भनेर अहिले पनि हामीले ३० करोडसम्मको प्रोभिजङ फण्डको व्यवसथा गरेर राखेको छौँ । बाहिरबाट हाम्रो जुन सम्पन्नता देखिन्छ भित्रि पनि त्यहि हो ।  
 

प्रतिक्रिया दिनुहोस