aarthiknews.com विहीबार, ०६ कार्तिक २०७७   Thursday, 22 October, 2020
 
Tansen_cement
Bajaj_Bike

जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ता खनिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ असोज २०७७
जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ता खनिए
LBEF
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेको छ । आज नेप्से ५.७४ अंकले बढेको हो । 

नेप्सेका अनुसार मंगलबार २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से १ हजार ५६१ दशमलव २७ विन्दुमा कायम भएको छ ।

आज जलविद्युत उपसुचाकं सामान्य अंकले बढेपनि अधिकाशं कम्पनीहरुको ठूलो परिणाममा शेयर खरिदविक्रि भएको छ । 

कूल १९३ वटा कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर घटेको छ ।

प्रतिक्रिया दिनुहोस