aarthiknews.com मंगलबार, १० असार २०७६   Tuesday, 25 June, 2019
 

एशियन लाइफको २ लाख २१ हजार कित्ता शेयर लिलामीमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ जेठ २०७६
Sunrise bank
एशियन लाइफको २ लाख २१ हजार कित्ता शेयर लिलामीमा आउँदै
NIBL-Capital-inside
LBEF

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Asian Life Insurance Co. Ltd.) को २ लाख २१ हजार ३५९ दशमलव ७३ कित्ता शेयर असार १ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले संस्थापक समूहको २ हजार ४२० दशमलव ७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता शेयर लिलामी गर्न लागेको हो । 

यसमा असार ८ गतेसम्म बोलकबोलमा सहभागी हुन सकिनेछ । एशियनले चैत २५ देखि वैशाख २९ गतेसम्म ६०५ हकप्रद निष्कासन गर्दा बिक्री नभएको शेयर अहिले लिलामी गर्न लागेको हो ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । 

कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट लिलामी भर्न सकिनेछ ।

यता, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि लिलामीमा आवेदन दिन पाउने व्यवस्था रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकको, हरिशंकर रोड बागलुङबाट पनि बोलपत्र फारम भर्न पाइनेछ ।
 

प्रतिक्रिया दिनुहोस