aarthiknews.com शुक्रबार, १४ कार्तिक २०७७   Friday, 30 October, 2020
 
Tansen_cement
Bajaj_Bike

नेप्से ९.१९ अंकले बढ्यो, एक अर्ब ७२ करोड बढीको करोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
नेप्से ९.१९ अंकले बढ्यो, एक अर्ब ७२ करोड बढीको करोबार
LBEF
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको चौथो दिन आज (बुधबार) बढेको छ । आज नेप्से ९.१९ अंकले बढेको हो । 

नेप्सेका अनुसार बुधबार एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्से १ हजार ५५५ दशमलव ५२ विन्दुमा कायम भएको छ । आज कारोबार भएका समुहमध्ये होटल बाहेक अन्य सबै समुहमा हरियाली छाएको छ । 

१९४ कम्पनीको १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर खरिदबिक्री भएका छन् । यसदिन होटेल बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूहको सूचक सबैभन्दा बढी ९४.६८ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूह पनि १.८७ अंकले सुधार भएको छ । 

यस दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको भाउ सबैभन्दा धेरै ९.७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गोर्खा फाइनान्सका लगानीकर्ताले ३.५७ प्रतिशतले गुमाएका छन् । खरिदबिक्री रकममा शिखर इन्सुरेन्स अग्रस्थानमा छ । यसको १० करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल बैंक र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।  

प्रतिक्रिया दिनुहोस