aarthiknews.com शुक्रबार, १४ कार्तिक २०७७   Friday, 30 October, 2020
 
Tansen_cement
Bajaj_Bike

भदौ २५ गतेको २ः१५ बजे अघिको कारोबारको राफसाफ असोज ९ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
भदौ २५ गतेको २ः१५ बजे अघिको कारोबारको राफसाफ असोज ९ गते हुने
LBEF
Nabil Bank

काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बाट प्रभावित भदौ २५ गतेको २ः१५ बजे अघिको कारोबारको राफसाफ असोज ९ गते शुक्रवार हुने भएको छ । भदौ २९ गते गर्नुपर्ने उक्त दिनको कारोबारको २ः१५ बजे पछिको राफसाफ भदौ ३१ गते भएको थियो । नेप्सेको निर्देशनमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भदौ २५ गतेको २ः१५ बजे पछिको रू. १ अर्ब ९५ करोड बराबरको राफसाफ भदौ ३१ गरेको थियो । भदौ २५ गते नेप्सेमा रू. २ अर्ब २० करोड ९६ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको थियो ।  

सिडिएससीले उक्त दिन रू. १ करोड ९३ लाख बराबरको कारोबार रद्ध भएको र बाँकी रकमको राफसाफ शुक्रबार हुने जानकारी दिएको हो । टिएमएसको समस्याका कारण त्यस दिन १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो । नेप्सेले अवधि थप गरी साझ ५ बजेसम्म बजार सञ्चालन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस