aarthiknews.com आइतबार, १६ कार्तिक २०७७   Sunday, 01 November, 2020
 
Tansen_cement
Bajaj_Bike

एफपीओ प्रस्ताव सहित एनआरएन लघुवित्तको विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
एफपीओ प्रस्ताव सहित एनआरएन लघुवित्तको विशेष साधारण सभा
LBEF
Nabil Bank

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले असोज १८ गते धनगढी कैलाली स्थित होटल दिनेशमा बिहान ११ बजे विशेष सधारण सभा आव्हान गरेको हो । 

सभाले पुनः सर्वसाधारणलाई एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीको नाम ठेगाना परिवर्तन गरी प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने, कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । साथै, यस कम्पनीसंग गाभिएका साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तको मर्जरलाई पनि सभाले अनुमोदन गर्नेछ । 

सभामा मर्जर पश्चात कायम रहने एनआरएन लघुवित्त वित्तीय सस्थाको आगामी ४ वर्षे कार्यकालको लागि ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । 

प्रतिक्रिया दिनुहोस