aarthiknews.com शुक्रबार, १४ कार्तिक २०७७   Friday, 30 October, 2020
 
Tansen_cement
Bajaj_Bike

अझै केही दिन वर्षा लम्बिने, आज यी प्रदेशमा भारी वर्षा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ असोज २०७७
अझै केही दिन वर्षा लम्बिने, आज यी प्रदेशमा भारी वर्षा हुने
LBEF
Nabil Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने  जनाएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ।  हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ।
 
बुधबार दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस