aarthiknews.com शनिबार, ०८ कार्तिक २०७७   Saturday, 24 October, 2020
 
Tansen_cement
Bajaj_Bike

सिडिएससीले गर्यो मेरो शेयरमा पीन कोडको व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
सिडिएससीले गर्यो मेरो शेयरमा पीन कोडको व्यवस्था
LBEF
Nabil Bank

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले मेरो शेयरमा अनिवार्य पीन कोडको व्यवस्था गरेको छ । सिडिएससीले सञ्चालन गरेको मेरो शेयर सफ्टवेयरलाई थप सुरक्षित बनाउने उदेश्यले हाल प्रयोगमा रहेको अन टाइम पासवर्ड (ओटीपी) लाई प्रतिस्थापन गरी पर्सनल आइडेन्टिफिकेसन नम्बर (पीन) कोडको व्यवस्था गरेको हो । 

मेरो शेयर सफ्टवेयरमा रहेको माई आस्बा मार्फत सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन प्रविष्टि गर्दा चार अंकको पीन कोडको प्रयोग गर्नुपर्ने सिडिएससीले जानकारी दिएको छ । उक्त पीन कोडा सेट गर्नका लागि प्रयोगकर्तालाई मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोडा सेट गर्नुपर्ने सिडिएससीको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस