aarthiknews.com शनिबार, ०८ कार्तिक २०७७   Saturday, 24 October, 2020
 
Tansen_cement
Bajaj_Bike

झिनो अंकले बढ्यो नेप्से

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
झिनो अंकले बढ्यो नेप्से
LBEF
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको पहिलो दिन आज (आइतबार) झिनो अंकले बढेको छ । आइतबार नेप्से ३ अंकले बढेर १ हजार ५७५ दशमलव १८ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब ७४ करोड २७ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा होटल, डेभलपमेन्ट बैंक र बैंकिङबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।    

नेप्सेका अनुसार आज १८८ कम्पनीका ९२ लाख १७ हजार ५ सय ४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ बराबरको कारोबार भयो । 

आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी किनबेच भएको छ । रिलायन्सको १९ करोड ४७ लाख ३७ हजार ९ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस