aarthiknews.com आइतबार, १६ कार्तिक २०७७   Sunday, 01 November, 2020
 
Tansen_cement
Bajaj_Bike

भोकाएकालाई तातो भात र न्यानो कपडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
भोकाएकालाई तातो भात र न्यानो कपडा
LBEF
Nabil Bank

काठमाडौं । लकडाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्कातिर खाद्यान्नको अभाव । यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंमा भने मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा सहयोग  निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु भएको छ । 

लक डाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागि निशुल्क खाना तथा लत्ताकपडाको व्यवस्था मिलाइएको हो । कोही पनि भोको  र नाङ्गो नरहोस् भन्ने मान्यता राखेर काठमाडौँका विभिन्न ठाउँमा निशुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी राजन कँडेल बताउँछन् । ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो’, उनले भने ।              

भात, दाल र तरकारी लगायतका परिकारसँग पेटभरि निशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएकाहरु पनि दङ्ग छन् । आफ्नो दुख र पिडामा मलम लगायकोमा हिमालयन वृदाश्रमका वृद वृदाहरुले कडेलको समुहलाई भगवानको दर्जा दियका छन र सरकारले गर्न नसकेको काम गरेकोमा सधै आशिर्वाद र धन्यवाद पनि दिने गरेका छ्न ।   

यो समुह टिकटकमा निक्कै लोकप्रिय र सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस