aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
Citizen life
nabil bank
आज यी ठाउँमा भारी वर्षाको सम्भावना
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशका अरु ठाउँमा भने दिनभर बादल लागेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसकविद्का अनुसार यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपाली त्यस्तो कुनै लक्षण नदेखिएको हो । मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्छ । तर, अहिले त्यस्तो भएको छैन । अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने भएको मौसमविद्को भनाई छ । 

प्रतिक्रिया दिनुहोस