
काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी एक एक रुपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले भने, पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य यथावत राख्द्रै डिजेल र मट्टितेलको मात्रे मूल्य घटेको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमका प्रवक्ता उपाध्यायले बताएका छन ।
प्रतिक्रिया दिनुहोस