aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen

माउण्टेन इनर्जीको आईपीओ विक्री खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
माउण्टेन इनर्जीको आईपीओ विक्री खुल्यो
LBEF

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि भदौ ३१ गते आजदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले यस अघि स्थगित गरेको आईपीओ विक्री खुला गरेको हो । यस अघि गत साउन ८ गतेदेखि निष्कासन गर्ने भनिएकोमा आयोजना क्षेत्रमा बाढी पहिरोको समस्या देखिएपछि स्थगित गरिएको थियो । यो आईपीओमा आयोजनाबाट प्रभावित म्याग्दी र नुवाकोट जिल्लाका स्थानियले मात्र आवेदन दिन सक्नेछन् । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रू. १९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि अनुपातमा आईपीओ विक्री गर्नेछ । कम्पनीले स्थानिय र सर्वसाधारणका लागि कुल  रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २५ गतेनै अनुमति पाएको हो । 

छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिने यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ ।

यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । यो आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हुन । 
 

प्रतिक्रिया दिनुहोस