aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

‘९ महिनादेखि केरुङ र तातोपानी नाकामा मालसामान अड्कियो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
‘९ महिनादेखि केरुङ र तातोपानी नाकामा मालसामान अड्कियो’
LBEF

काठमाडौं । नेपाल व्यापार संघले उद्योग मन्त्री लेखराज भट्टलाई भटेर लामो समयदेखि मालसामान केरुङ नाकामा अड्किएको गुनासो गरेका छन् । व्यवसायीहरूले केरुङ र तातोपानी नाकामा लामो सयमदेखि सामान अड्किएको गुनासो गरेका हुन् । व्यवसायीहरूले चीनले अप्रत्यक्ष नाकाबन्दी गरेको गुनासो गर्दै मन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । 

उक्त अवसरमा संघका अध्यक्ष कुमार कार्कीले केरुङ र तातोपानी नाकामा चीनले अप्रत्यक्ष नाकाबन्दी गरेको उल्लेख गरे । ‘दैनिक ४ वटा ट्रक मात्रै छाड्ने चीनको नीति रहेछ,’अध्यक्ष कार्कीले भने ‘दशैंका बेलामा दिनमा १ सय गाडी छुटाउने व्यवस्था गरिदिन पर्यो ।’ 
त्यसैगरी, राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ र तातोपानी नाकामा थुनिएका १२ ट्रक छुटाउनका लागि पहल गरिदिन अनुरोध गरे । उक्त नाकामा नौ महिनादेखि समान रोकिएको छ,’ अध्यक्ष कटुवालले भने । 

उद्योग मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रः


प्रतिक्रिया दिनुहोस