aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen

यस्तो रह्यो प्रधानमन्त्रीको वक्र दृष्टि प्रति कुलमानको व्यङ्ग्य वाण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
यस्तो रह्यो प्रधानमन्त्रीको वक्र दृष्टि प्रति कुलमानको व्यङ्ग्य वाण
LBEF

काठमाडौं । आफ्नो कार्यकाल पुरा गर्दै कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट मंगलबार औपचारिकरुपमा बिदा भएका छन् । नारामा मात्रै समृद्ध नेपाल सुखी नेपालीको रटन लगाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कथनी र करनीमा तालमेल नमिलाउँदा मुलुकले एक सक्षम प्रशासक गुमाएको छ । 

तर, आफूलाई पुनर्नियुक्त गर्न चौतर्फी दबाब र माग आए पनि सो सफल नबनेको प्रति बिदा हुँदै गर्दा कुलमानमा कुनै विश्मत भने देखिएन । बरु उनले कर्मचारीहरूलाई ऊर्जा कायम राख्न आग्रह गर्दै भने, ‘नेतृत्व आउने जाने भइरहन्छ । हाम्रो अहिलेको जुन ऊर्जा छ त्यो ऊर्जा जुनसुकै नेतृत्व आए पनि ररिहोस् ।’ 

आफ्ना सहयोगीप्रति कृतज्ञता व्यक्त गर्न कुलमानले भुलेनन् । भलै प्रधानमन्त्रीले उनले गरेको काम प्रति निकै कृतघ्न बन्दै उनको निरन्तरतालाई अस्वीकार गरेको अवस्था छ । 

कुलमानले भने, ‘यो टिमको स्पिड एकदम राम्रो छ । सबैले सफलतापूर्वक जिम्मेवारी निभाउनु भएको छ ।’ त्यसैगरि प्रधानमन्त्रीले बोल्ने गरेको तर, अहिलेसम्म व्यवहारमा नदेखाएको ‘समृद्ध नेपाल सुखी नेपाली अभियानको सारथि बन्न पाएकोमा आफू खुसी भएको’ उनले बताए । कार्यक्रममा उपस्थितहरूले कुलमानको सो अभिव्यक्ति चाहिँ प्रधानमन्त्री ओली प्रति लाक्षणिक व्यङ्ग्य वाणको रूपमा ग्रहण गरेका थिए । 

कुलमानलाई हटाएर उनको ठाउँमा आफ्ना नातेदारलाई नियुक्त गर्न लागेको भनेर अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री ओलीकै वक्र दृष्टिका कारण कुलमानको पुनर्नियुक्ति हुन नसकेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । 

ओलीले अड्काए कुलमानबारेको प्रस्ताव, घिसिङ ‘आउट’ गरेर आफन्त भित्राउने तयारी

प्रतिक्रिया दिनुहोस