aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक यातायात  सञ्चालन गर्ने सरकारको निर्णय
LBEF

काठमाडौं । सरकारले सार्वजनिक यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

गत चैत्र ११ गते लकडाउन शुरुभएयता बन्द भएको लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । 

यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । व्यवसायीले असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने माग गर्दै आएका थिए । यदि सरकारले अनुमति नदिए यसको विरोधमा उत्रिएर विद्रोह गर्ने रणनीति यातायात व्यवसायीको थियो । 

प्रतिक्रिया दिनुहोस