aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen
शेयर बजार

बिहीबारसम्म टीएमएस समस्या सुल्झाउने नेप्सेको प्रतिवद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
बिहीबारसम्म टीएमएस समस्या सुल्झाउने नेप्सेको प्रतिवद्धता
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा देखिएको ट्रेड म्यानेजमेन्ट सिष्टम(टीएमएस) को समस्या बिहीबारदेखि सल्टने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले अर्थ मन्त्रालयमा आज सोमबार बिहीबारसम्म हाल नेप्से प्रणालीमा देखिएको सबै समस्या सुल्झाएर आइतबारबाट राम्रोसँग शेयर बजार सञ्चालनग गर्ने प्रतिवद्धता गरेका हुन् ।

‘नेप्सेको हार्डवेयर र सफ्टवेयर कहाँ समस्या भएको त्यो समस्याको समाधान गर्नुका साथै सिष्टमको अटिड समेत गर्ने विषयमा छलफल भएको छ,’ उनले भने ‘यसका साथै ब्रोकरलाई पनि टे«ड म्यानेजमेन्ट सिष्टम गर्न लगाउन भनिएको छ ।’

साउँदले अहिले आएका समस्यालाई सुल्झाउँदै बजार सञ्चालन गर्दै लैजाने प्रतिवद्धता गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका सिइओ साउँदसहितको टोली सोमबार ११ बजे अर्थमन्त्रालय पुगेको थियो । झण्डै एक घण्टाको छलफलपछि साउँदले सुधारका लागि एक हप्ताको समय मागेका हुन् । 

‘हामीले गर्ने काममा केहि पनि समस्या थिइन, वाइको कम्पनीको काममा समस्या हो, कहाँनिर के समस्या छ, त्यसको चाँडै समाधान गर्ने कुरा भएको छ । उनले प्रविधिमा समस्या आउँदैन भनेर ग्यारेन्टी गर्न भने नसकिने बताए । नेप्सेले वाइकोसँग प्रतिवद्धता मागिसकेको र केहिदिन भित्रै टीएमएसको समस्या समाधान हुने पनि बताए । 

२४ खर्बसम्म पुँजीकरण भएको शेयर बजार कोरोना महामारीका कारण घटेर १६ खर्ब पुँजीरकणमा झरेको थियो । केही समययता दिनमा सेयर ३ अर्बभन्दा बढकिो कारोबार हुन थालेपछि बजार वृद्धि २० खर्ब पुँजीकरण हुन पुगेको छ । 

अनलाइन कारोबारमा कहिले ब्रोकरहरुको म्याचिङ इन्जिनमा लग इन हुन नसक्ने, कहिले टीएमएसमा समस्या त कहिले सर्भर नै डाउन हुने लगायतका समस्याले आम लगानीकर्ताले सास्ती पाएका छन् । नेप्सेको सिस्टममा समस्या आउँदा बिक्रीका लागि अर्डरमै नराखेको सेयर बिक्री हुने तथा मागभन्दा बढी खरिद हुने समस्या लगानीकर्ताले भोग्दै आएका छन् । 

यसले लगानीकर्ताको सम्पत्ति जोखिममा  परेको हो । अनलाइन प्रणाली सुरु गरेदेखि नै समस्या देखिएको नेप्सेमा हालसम्म कुनै सुधार हुन सकेको छैन । 
 

प्रतिक्रिया दिनुहोस