aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

अझै एक महिना कर बुझाउने समय थप्न उद्योगीको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
अझै एक महिना कर बुझाउने समय थप्न उद्योगीको माग
LBEF

काठमाडौं । नेपाल उद्योग परिसंघले कर तिर्ने समय एक महिना थप समय माग गरेको छ । शनिबार परिघसंको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा उक्त आग्रह गरेका हुन । भेटमा उद्योगीले सुरक्षाको मापदण्ड अपनाएर उद्योग व्यवसाय संचालन गर्न तयार रहेको बताएका छन् । उनीहरुले कुनै कर्मचारीलाई कोरोना संक्रमण भएमा तत्काल परीक्षण गरेर उद्योग संचालन गर्न पाउने व्यवस्था गरिदिन राष्ट्रपति भण्डारीसँग आग्रह गरे गरेका छन् । 

त्यस्तै, आर्थिक समृृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नुपर्ने धारणा परिसंघले राखेको संघद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । पर्यटन क्षेत्रलाई व्यवस्थित र चलायनमान गर्न नेपाल आउने पर्यटकलाई तीन दिन मात्रै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

‘नेपाल प्रवेश गर्दा हाल भएको १४ दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरि तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ,’ राष्ट्रपति समक्ष उनीहरुले भनेका थिए, ‘तीन दिनको क्वारेन्टाइनपछि सम्वन्धित पर्यटकको पिसिआर परीक्षण गर्न लगाउने र नेगेटिभ आएमा निर्वाध रूपमा घुमफिरको व्यवस्था हुनुपर्छ।’

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षद्वय अनुज अग्रवाल र निर्वाणा चौधरी सहभागी रहेका थिए ।
 

प्रतिक्रिया दिनुहोस