aarthiknews.com शनिबार, ०३ असोज २०७७   Saturday, 19 September, 2020
 
Bajaj_Bike
Tasen

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण शेयरमा २० प्रतिशत थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ भदौ २०७७
प्रुडेन्सियल इन्स्योरेन्सको साधारण शेयरमा २० प्रतिशत थपियो
LBEF

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण सभा भदौं २६ गते बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले कम्पनीको २० प्रतिशत प्रवर्द्धक शेयर साधारणा शेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत प्रमोटर शेयर र २० प्रतिशत पब्लिक शेयर रहेकोमो अब ६० प्रतिशत प्रमोटर र ४० प्रतिशत पब्लिक शेयर हुने निर्णय साधारणसभाले गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन । 

प्रतिक्रिया दिनुहोस