घाटा चुलिँदै गएपछि नेपाल आयाल निगमले माग्यो साढे तीन अर्ब - Aarthiknews
aarthiknews.com विहीबार, ०२ असोज २०७६   Thursday, 19 September, 2019
 

घाटा चुलिँदै गएपछि नेपाल आयाल निगमले माग्यो साढे तीन अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ मंसिर २०७५
Sunrise bank
घाटा चुलिँदै गएपछि नेपाल आयाल निगमले माग्यो साढे तीन अर्ब
LBEF
NCH-IPS

काठमाडौं, मंसिर ९ । नेपाल आयाल निगम (एनओसी) घाटामा गएपछि इण्डियन आयल कर्पोरेसन (आईओसी) लाई रकम भुक्तान गर्न सरकारसँग साढे दुई अर्ब रुपैयाँ माग गरेको छ ।

एनओसी स्वचालित मूल्य प्रणाली (अटो प्राइस) मा गए पनि चाडपर्वलाई लक्षित गर्दै गएको असोजदेखि अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार मूल्य समायोजन गरेको थिएन भने साउनयता नै बढ्दै गएको डलरको भाउ र भदौ दोस्रो सातादेखि असोजसम्म चुलिएको डलरको भाउले निगमलाई थप भार थप्दै गएको निगमका निगमकमा प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

‘चुलिँदै गएको घाटाले निगमको वर्किङ क्यापिटलमा असर परेको छ,’ उनले भने–‘मूल्य समायोजन नगर्दा यो घाटा व्यहोर्नु परेको हो । नोभेम्बर १६ मा आएको मूल्यसूची अनुसार पेट्रोलमा केही नाफा देखिएको देखिए पनि डिजेल र खाना पकाउने ग्यासमा घाटा उस्तै छ ।

चालू आवको साउनदेखि मंसिरसम्ममा निगम तीन अर्ब ८२ करोड रुपैयाँको घाटामा गएको छ । अहिले हरेक १५ दिनमा निगमले ४१ करोड रुपैयाँ घाटा व्यहोरी रहेको छ । अमेरिकी डलरको विनियम दर एक रुपैयाँले वृद्धि हुँदा निगमलाई महिनामा करिब १५ करोडभन्दा बढीको अतिरिक्त आर्थिक भार थपिने निगमको हिसाब छ । निगमले सबैभन्दा बढी घाटा असोज ३० देखि कात्तिक १४ गतेसम्मको अवधिमा व्यहोरेको छ । यो अवधिमा निगम एक अर्ब चार करोड ४४ लाख रुपैयाँ घाटामा गएको थियो ।

निगमको घाटा दिन प्रतिदिन चुलिँदै गएपछि अहिले निगमले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग साढे तीन अर्ब रुपैयाँ माग गरेको छ । विभागीय मन्त्रालयमा सो विषयमा छलफलसमेत भइसकेको छ । रकम प्राप्त हाल रहेको निगमको घाटा कम हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्न थालेदेखि साउनयता निगमको घाटा क्रमिक रुपमा बढ्दै गएको छ । निगमले प्रत्येक १५ दिनमा आईओसीलाई करिब आठ अर्ब रुपैयाँको हाराहारीमा भुक्तानी गर्नुपर्छ । आईओसीलाई प्रत्येक महिनाको ८ र २३ तारिख उक्त रकम भुक्तानी गर्नु पर्ने मिति तय गरिएको छ ।

आईओसी र निगमबीच इन्धन कारोबारसम्बन्धी सन् २०१७ मा भएको नवीकरणमा आईओसीले तय गरेको मितिमा रकम भुक्तानी गर्न नसके अर्थात एकपटक भुक्तानी गर्न ढिलो भएमा अर्को पटक रकम भुक्तानी गर्दा दुई दिन अगावै गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

नोभेम्बर १६ मा आईओसीबाट प्राप्त मूल्यसूची घटेर आएकाले अहिले भइरहेको घाटा समायोजन गर्न केही सहज हुने निगमको आँकलन छ । हाल प्राप्त भएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ६९ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर एक रुपैयाँ ९० पैसा र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डरमा पाँच सय सात रुपैयाँ घाटा छ ।

प्रतिक्रिया दिनुहोस