इन्फिनिटीको आईपीओ ६२ हजार ९९३ जना आवेदकलाई १० कित्ता - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

इन्फिनिटीको आईपीओ ६२ हजार ९९३ जना आवेदकलाई १० कित्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ जेठ २०७६
Sunrise bank
इन्फिनिटीको आईपीओ  ६२ हजार ९९३ जना आवेदकलाई १० कित्ता
LBEF
NCH-IPS

काठमाडौं । इन्फिनिटी लघुवित्त आईपीओ बाँडफाँटमा ६२ हजार ९९३ जना आवेदकले १० कित्ता पाएका छन । बुधबार सिभिल क्यापिटल मार्केट लिमिटेडमा बाँडफाँड भएको आइपीओमा उक्त संख्या बराबरको शेयर पाएका हुने । यस आईपीओमा ३ लाख २९ हजार ७९ जनाले आवेदन दिएका थिए । ६२७ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि ६ लाख २९ हजार ९३० कित्ता आईपीओ निष्कासन गरेको हो । यस आईपीओमा मागभन्दा करीब ११ गुणा बढी आवेदन परेको थियो । 

इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बाडँफाँड भएको छ । आईपिओ १९ दशमलव ११ प्रतिशत अर्थात ६२ हजार ९ सय ९३ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन्।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ । 

इन्फिनिटी लघुवित्तको आईपिओमा कूल ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट कूल ६९ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ६९ लाख ४७ हजार १५० कित्ताको आवेदन परेको थियो । जुन सर्वसाधारणमा निष्काशन भएको शेयरको ११.०३ गुणा बढी हो ।

कूल आवेदनमध्ये ६२७ वटा आवेदनबाट परेको १७ हजार २४० कित्ता शेयरको माग रद्ध भएको छ भने ३ लाख २९ हजार ७९ वटा आवेदनबाट परेको ६९ लाख २९ हजार ९१० कित्ताको आवेदन सदर भएको थियो।

 

प्रतिक्रिया दिनुहोस