aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen
साइबर

'साइबर सक्युरिटी बीमाको प्रिमियम बढी भयो भन्ने गुनासो गरेका थिए'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
LBEF

हामी प्रविधिसँग सम्बन्धित जति नयाँ काम गर्छौ, चुनौती पनि सँगसँगै त्यति नै बढी आउँछ । बैंकहरू डिजिटल च्यानलमा जाने भनेर योजना बनेको पहिले देखिनै हो । पहिले हामी बैंकका आन्तरिक कुराहरू र हिसाव कितावमात्रै म्यानुअलबाट अटोमेशनमा गएका थियौं । अर्थात पहिले कोर बैकिङ सोलुसनलाई मात्र डिजिटलाइजेशन गरेका बैंकहरू अहिले ग्राहकसँग सम्बन्धित अधिकांश गतिविधिलाई नै डिजिटलाइज गर्ने दिशामा अघि बढेका छन् । 

वर्तमान कोभिड महामरीको बेला त झन हाम्रा ग्राहकलाई घरबाट बाहिर ननिस्कुुस् सबै बैंकिङ कारोबार डिजिटल प्रविधिमार्फत गर्नुस् भन्दै आएका छौं । मोबाइल, इन्टरनेट बैंकिङमार्फत काम गर्नुस् । बरु एटीएम नचलाउनु र नगद कारोबार गर्दै नगर्नुस् भनिरहेका छौं । 

तर, योसँगै जोडिएर जोखिम पनि आउँदो रहेछ । त्यहि भएर राष्ट्र बैंकले पनि धेरै अघि देखि नै डिजिटल पेमेन्टमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नको लागि आवश्यक कदम चाल्नुस् भनिरहेको हो । उहाँहरूले तपाईहरू नयाँ प्रणालीमा जाँदै हुनुहुन्छ त्यहि अनुरुपको सुरक्षामा पनि ध्यान दिनुस् भन्नु भएको छ । त्यहि भएर होला सायद राष्ट्र बैंकले हरेक बैंकलाई इन्फरमेशन सेक्युरिटी अफिसर (आईएसओ) अनिवार्य रुपमा राख्न निर्देशन गरेको छ । 

त्यस बाहेक सूचना सुरक्षाको विषयमा पनि हामीले हेर्नै पर्ने हुन्छ । किनकी हामीसँग रहने भनेको पब्लिकको पैसा हो । जे जति रहे पनि । र पछिल्ला दिनमा ह्याकिङलगायतका समस्या आइरहेका छन् र त्यसबाट बैंकलाई कसरी बचाउने भन्ने विषयमा सबै बैंकहरू चिन्तित छन् । 

अब अहिलेको अवस्थामा भन्ने हो भने इन्फरमेशन सेक्युरिटीको विषय भनेको रिक्स म्यानेजमेन्टजस्तै विषय हो । परम्परागत रिक्स म्यानेजमेन्टले ऋण लगानी गर्ने विषयमा देखा पर्ने चुनौती हेर्छ भने यसले हरेक जिडिटल कारोबारमा हुन सक्ने जोखिमको सुरक्षालाई हेर्छ । 

यो विषयमा बैंक कति गम्भिर छन् भन्ने हेर्ने हो भने दैनिक रुपमा देखापर्ने सुरक्षा चुनौतीको रोगथामका अलवा आवाधिक रुपमा सेक्युरिटी अडिट समेत बैंकले गर्नुपर्ने हुन्छ र गराउँदै पनि आएको छ । यस्तो अडिट गर्न राष्ट्र बैंकले निर्देश नै गरेको छ । सो अडिटले के कस्ता सुरक्षा सम्बन्धि कमी कमजोरीहरू छन् भन्ने कुरा मात्रै हेर्दैन कि सुरक्षालाई मजबुद बनाउन के कस्ता काम गर्ने भन्ने खोजी गर्छ ।  यस्तो अडिट गर्न बैंकहरूले धेरै ठूलो खर्च गरिरहेका छन् । सेक्युरिटी अडिटले बैंकहरूमा हुन सक्ने जोखिमको न्यूनीकरणमात्र गर्दैन, संस्थालाई बलियो बनाउने उपायको पनि खोजी गर्छ । 

साइबर क्राइम इन्स्योरेन्स सम्बन्धि कुरा गर्ने हो भने केही इन्स्यारेन्स कम्पनीहरूले यस्ता पोलिसी प्रस्ताव बैंक समक्ष केही अगाडि गरेका पनि हुन् । केही साथीहरूले यसवारेका चर्चा हुँदा अलिक प्रिमियम बढी भयो भन्ने गुनासो पनि गरेका थिए । तर अहिले नै त्यो के थियो भन्न सकिदैन किन भने यसका प्राविधिक विषय समेत खोजी गरेर गम्भिर छलफल भएकै छैन । 

अब प्रिमियमकै कुरा गर्ने हो भने कुन हदको जोखिमको लागि कति प्रिमियम तिर्ने भन्ने हुन्छ । जस्तो कि अहिले हामी बैंकमा गार्ड हुँदा हुँदै पनि त्यहाँ रह्ने नगदको बीमा त गरिरहेकै छौं । त्यसैले साइबर सेक्युरिटी बीमाले के कति कुरालाई कभर गर्ने भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । तथापि हामीले जोखिम देखेको विषयमा इस्योरेन्स आवश्यकता छ भन्ने कुरा महसुस गरेर यस्तो प्रडक्ट इस्यू गर्नु भएका इन्स्योरेन्स कम्पनीहरू प्रति चाहिँ कृतज्ञता व्यक्त गर्न चाहन्छु । 

अहिलेलाई यतिमात्रै भनौ यो विषयमा बैंक र बीमा कम्पनीहरूबीच गहन छलफल हुन बाँकी छ । प्राविधिक विषय भएकाले अझ बढि अन्तरक्रियाको समेत आवश्यकता पर्ला । तर, के चाहिँ निश्चित हो भने यसको बीमा आवश्यक छ र यस विषयको छलफल सही समयमा शुरु भएको छ । 

एउटा भनाइ छ, आवश्यकता नै आविष्कारको जन्मदाता हो । बैंकहरूलाई जुन जोखिम छ त्यसलाई कम गर्न अर्थात भनौ शोधभर्ना गर्न बीमाको आवश्यकता हुन्छ । हामी सबैलाई थाहा छ बीमा भनेको दुई पक्षबीच हुने जोखिम बहनको एउटा सम्झौता हो । तर, हामीलाई के जानकारी अहिले नै छैन भने खासमा हामीले बोकेको जोखिम कुन हदको हो । त्यसैले कति जोखिम बहन गरिदिए वापत ंबैंकहरुले बीमा कम्पनीलाई कति प्रिमियम तिर्नुपर्ने हुन्छ भन्ने जानकारीको हामीलाई जरुरी छ । 

के कुरा निश्चित हो भने हामीलाई यस प्रकारको बीमाको आवश्यकता छ । संसारभर चाहिने चीज नेपालमा नचाहिने भन्ने कुरै भएन । तर हामीमध्ये धेरैलाई यो बारेमा खास जानकारी छैन त्यसैले यस्ता बीमा पोलिसीहरू नेपालकै कतिपय बीमा कम्पनीहरूले जारी गरिसक्दा पनि बैंकहरूले त्यसलाई खरिद गर्न सकिरहेका छैनन् । यसलाई एउटा निष्कर्षमा पुर्याउन बैंक र बीमाका साथीहरू बसेर गहन छलफल गर्नुपर्ने हुन्छ । यो नयाँ विषय भएकोले पनि बढी सम्वादको आवश्यकता छ भन्ने मलाई लाग्छ । 

अहिले कतिपय साथीहरुसँग कुरा गर्दा उहाँहरूले यसमा यतिधेरै मुद्दाहरू छन् कि यदि कुनैबेला हामीले त्यस्तो घटनाको सामना गर्नुपर्यो भने पनि त्यसबापत क्षतिपूर्ति पाउन नसक्ने अवस्था हुनसक्छ । हामीले बुझ्न नसकेको कुरा भने त्यो के त्यस्तो कुरा हो जुन हामीले सम्बोधन गर्न सकिरहेका छैनन् । अवश्य पनि हामीले पुरा गर्नुपर्ने नै त्यो विषय होला नत्र बीमा कम्पनीका साथी त्यस्तो शर्त राख्दै राख्नु हुने थिएन ।

फेरि अर्को महत्वपूर्ण कुरा के पनि रहेछ भने कुनै पनि उत्पादन ठिक समयमा आएपछि मात्र बिक्री हुँदा रहेछन् । अहिले जुन स्तरमा मोबाइल तथा इन्टरनेट बैंकिङको काम भइरहेको छ त्यो स्तरमा यसअघि थिएन ।

बीमाका साथीहरूले के कुरा पनि बुझ्नुपर्यो भने पोलिसी अरुले किन्ने होइन बीमा कम्पनीले बिक्री गर्ने हो । तर, उहाँहरूले बेच्न आएमात्र हामी किन्छौ भन्न खोजिएको होइन, हामीले त्यसको महत्व बुझेका छौं । तथापि उहाँहरूले यस्तो पोलिसी तयार गर्ने र हामीले किन्ने कुरालाई मूर्त रुप दिन घनिभूत सम्वादको भने आवश्यकता छ । 
 

प्रतिक्रिया दिनुहोस