aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen
साइवर क्राइम बीमा

साइवर क्राइम बीमाबारे चर्चा, प्रविधिसँगै जोखिम बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
LBEF

काठमाडौं । कोरोना महामारीसँगै बढेको एक महत्वपूर्ण विषय हो, आर्थिक कारोबारमा डिजिटल प्रविधिको प्रयोग । विश्वका धेरै देशहरूले यसबीच क्यासलेस कारोबारलाई प्राथमिकतामा राखेरका छन् । नेपालमा पनि मोबाइल र इन्टरनेट बैंकिङको प्रयोग ह्वात्तै बढेको छ । 

यो प्रयोगसँगै थपिएको छ साइवर क्राइमको जोखिम । नेपालमा अहिलेसम्म ठूलो घट्ना घटेको छैन । तथापि नेपालको वित्तीय क्षेत्र उच्च जोखिममा भने छ । यो सत्यलाई यहाँका सरोकारवालाहरूले स्वीकार्दै जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर छलफल शुरु गरिसकेका छन् । 

यसै सन्दर्भमा आर्थिकन्युज डटकमले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, नेपाल विमक संघ उपाध्यक्षलगायत यस विषयका विज्ञ र सरोकारवाले नेपालका बैंक तथा वित्तीय संस्थाहरूले यथाशिघ्र साइवर क्राइम बीमा गराइ जोखिम हस्तान्तर नगरेमा कुनै पनि बेला ठूलो दर्घटना हुन गई अपूरणीय क्षति हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । 

आर्थिकन्युज डटकमले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले साइवर क्राइम सम्बन्धी बीमा पोलिसी नेपाली बैंक तथा वित्तीय संस्थाका लागि अति आवश्यक भएको बताए । ‘बीमाले जोखिम वहन क्षमता बढाउँछ अर्थात रिक्स कम हुन्छ,’ उनले भने ‘प्रविधिसँगसँगै जोखिम पनि आउने हुनाले यसमा बैंक वित्तीय संस्थाहरू आफै चनासो हुनुपर्छ ।’

ग्लोबल इकोनोमीमा साइबर क्राइमका कारण १.५ ट्रिलियन डलरको क्षति भएको स्मरण गर्दै उनले थपे ‘बीमा गर्दा कोरोना बीमाको जस्तो अस्पष्टा भने देखा पर्नु हुँदैन ।’ कुन युनिटको कसरी बीमा गर्दा राम्रो हुन्छ स्पष्ट भएर गर्नु र गराउनु पर्छ । 

 यो विषय अत्यन्तै महत्वपूर्ण छ । यदि कुनै पनि संस्थालाई बलियो संस्था बनाउने हो भने त्यो सम्पूर्ण रुपले बलियो हुनुपर्छ,’ उनले थपे ‘त्यो प्रविधिको हिसावले, संरचनाको हिसावले अनि सबै खालको सुरक्षाको हिसावले । विश्वभर नै विशेष गरी सन् १९९० पछि अत्याधिक विकास गर्ने मुलुकहरूले प्रयोग गरेको विकासको आधार भनेकै संस्थागत विकास र प्रविधिको प्रयोग हो ।’ 

अहिलेको कारोना महामारी र त्यसपछि समेत हाम्रो बैकिङ क्षेत्रमा साइवर क्राइम सम्बन्धि थ्रेडहरू छन्,’ यसलाई न्यूनीकरण गर्न अब बैंकहरूले ढिला गर्न हुँदैन ।  यो विषय अत्यन्तै महत्वपूर्ण छ । यदि कुनै पनि संस्थालाई बलियो संस्था बनाउने हो भने त्यो सम्पूर्ण रुपले बलियो हुनुपर्छ,’ उनले थपे ‘त्यो प्रविधिको हिसावले, संरचनाको हिसावले अनि सबै खालको सुरक्षाको हिसावले । विश्वभर नै विशेष गरी सन् १९९० पछि अत्याधिक विकास गर्ने मुलुकहरूले प्रयोग गरेको विकासको आधार भनेकै संस्थागत विकास र प्रविधिको प्रयोग हो ।’ 

त्यसैले यो प्राविधिक विषय भएकाले प्राविधिक विज्ञहरू इन्स्योरेन्स कम्पनी, बैंक वित्तीय संस्था सबै एकै ठाउँमा बसेर के कस्ता विषय तथा युनिटहरूको हामीले बीमा गर्न सक्छौ, कुन खालको जोखिम वहन गर्नुपर्ने हो भन्ने निर्धारण गर्नुपर्छ । तपाईहरूले यस विषयको गम्भिर रुपमा छलफल गरेर कुनै ढाँचा राष्ट्र बैंक समक्ष प्रस्तुत गर्नुभयो भने राष्ट्र बैंक सहयोग गर्न तयार छ ।’ 

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले प्रविधिसँग सम्बन्धित जति नयाँ काम गर्छौ सँगसँगै चुनौती पनि त्यति नै बढी आउँने गरेको बताए । ‘वर्तमान कोभिड महामारीको बेला त झन हाम्रा ग्राहकलाई घरबाट बाहिर ननिस्कुुस् सबै बैंकिङ कारोबार डिजिटल प्रविधिमार्फत गर्नुस् भन्दै आएका छौं,’ उनले भने ‘राष्ट्र बैंकले पनि धेरै अघि देखि नै डिजिटल पेमेन्टमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्नको लागि आवश्यक कदम चाल्नुस् भनेको छ ।’ नयाँ प्रणालीमा जाँदा त्यहि अनुरुपको सुरक्षामा पनि ध्यान दिनुस् भनिरहेको छ । राष्ट्र बैंकले हरेक बैंकलाई इन्फरमेशन सेक्युरिटी अफिसर(आईएसओ) अनिवार्य रुपमा राख्न निर्देशन गरेको छ । 

‘सूचना सुरक्षाको विषयमा पनि हामीले हेर्नै पर्ने हुन्छ । किनकी हामीसँग रहने भनेको पब्लिकको पैसा हो । जे जति रहे पनि । र पछिल्ला दिनमा ह्याकिङलगायतका समस्या आइरहेका छन् र त्यसबाट बैंकलाई कसरी बचाउने भन्ने विषयमा सबै बैंकहरू चिन्तित छन्,’ उनले भने । 

राष्ट्र बैंकको निर्देश अनुसार बैंकहरू प्रयोग गर्नेे प्रणाली अडिटले के कस्ता सुरक्षा सम्बन्धि कमीकमजोरीहरू छन् भन्ने कुरा मात्रै नहेरी सुरक्षालाई मजबुद बनाउन के कुरा गर्ने भन्ने खोजी पनि गर्छ । यस्तो अडिट गर्न बैंकहरूले धेरै ठूलो खर्च गरिरहेका छन् । 

‘साइबर क्राइम इन्स्योरेन्स सम्बन्धी कुरा गर्ने हो भने केही इन्स्यारेन्स कम्पनीहरूले यस्ता पोलिसीको प्रस्ताव बैंक समक्ष केही अगाडि गरेका पनि हुन्,’ उनले भने ‘केही साथीहरूले यसवारेका चर्चा हुँदा अलिक प्रिमियम बढी भयो भन्ने गुनासो पनि गरेका थिए । तर, अहिले नै त्यो के थियो भन्न सकिदैन किन भने यसका प्राविधिक विषय समेत खोजी गरेर गम्भिर छलफल भएकै छैन ।’ 

प्रिमियमकै कुरा गर्ने हो भने कुन हदको जोखिमको लागि कति प्रिमियम तिर्ने भन्ने हुन्छ । जस्तो कि अहिले हामी बैंकमा गार्ड हुँदा हुँदै पनि त्यहाँ रह्ने नगदको बीमा त गरिरहेकै छौं । त्यसैले साइबर सेक्युरिटी बीमाले के कति कुरालाई कभर गर्ने भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । तथापि हामीले जोखिम देखेको विषयमा इस्योरेन्स आवश्यकता छ भन्ने कुरा महसुस गरेर यस्तो प्रडक्ट इस्यू गर्नु भएका इन्स्योरेन्स कम्पनीहरू प्रति चाहिँ कृतज्ञता व्यक्त गर्नुपर्छ । 

प्रिमियमकै कुरा गर्ने हो भने कुन हदको जोखिमको लागि कति प्रिमियम तिर्ने भन्ने हुन्छ । जस्तो कि अहिले हामी बैंकमा गार्ड हुँदा हुँदै पनि त्यहाँ रह्ने नगदको बीमा त गरिरहेकै छौं । त्यसैले साइबर सेक्युरिटी बीमाले के कति कुरालाई कभर गर्ने भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । तथापि हामीले जोखिम देखेको विषयमा इस्योरेन्स आवश्यकता छ भन्ने कुरा महसुस गरेर यस्तो प्रडक्ट इस्यू गर्नु भएका इन्स्योरेन्स कम्पनीहरू प्रति चाहिँ कृतज्ञता व्यक्त गर्नुपर्छ । 

‘यो विषयमा बैंक र बीमा कम्पनीहरूबीच गहन छलफल हुन बाँकी छ । प्राविधिक विषय भएकाले अझ बढि अन्तरक्रियाको समेत आवश्यकता पर्छ । तर, के चाहिँ निश्चित हो भने यसको बीमा आवश्यक छ र यस विषयको छलफल सही समयमा शुरु भएको छ । 

बैंकहरू डिजिटल च्यानलमा जाने भनेर योजना बनेको पहिले देखिनै हो । पहिले हामी बैंकका आन्तरिक कुराहरू र हिसाव कितावमात्रै म्यानुअलबाट अटोमेशनमा गएका थियौं । अर्थात पहिले कोर बैकिङ सोलुसनलाई मात्र डिजिटलाइजेशन गरेका बैंकहरू अहिले ग्राहकसँग सम्बन्धित अधिकांश गतिविधिलाई नै डिजिटलाइज गर्ने दिशामा अघि बढेका छन् ।

त्यो बैंकिङ इन्डष्ट्रिज होस् या बीमा इन्डष्ट्रिज दुबै धेरै हदसम्म प्रविधिमा भर परेर काम गरिरहेका साइबर क्राइम सम्बन्धी विज्ञ दिवस न्यौपाने बताए । ‘चाहे त्यो सामान्य कम्प्युटरमा हुने गतिविधि होस् या इन्टरनेटको माध्यमबाट हुने कारोबार होस्,’ उनले भने ‘अधिकांश प्रविधि हाम्रा देशमा विकास भएको होइन ।’ आज हाम्रा बैंक, बीमा वा सरकारी कारोबार नै किन नहोस् सबै जोखिममा छन् । अहिलेसम्म त जे जति घटनाहरू भए ती थाम्न थेग्न सकिने थिए । तर, जब थेग्न नसकिने खालका सुरक्षा चुनौती देखा पर्छ, त्यति बेला के गर्ने ? उलने प्रतिप्रश्न गरे । 

‘हामीले व्यापार यहि प्रविधिमार्फत गर्ने हो । यसो हुँदा सुरक्षा विज्ञले भन्ने गरेको यो हो कि यहि प्रविधि चलाउनुस् तर सुरक्षा सहित चलाउँनुस्, तर सुरक्षाका साथ चलाउनुस् भन्ने हो । सबैभन्दा ठूलो जोखिम आन्तरिक रुपमै हुने आक्रमण हो ।
बैंकले राख्ने भनेको त जम्मा कारोबारको दुई÷तीन प्रतिशत न हो । अरु सबै सूचना हो र त्यो मूल्यवान छ । इन्स्योरेन्स कम्पनीको हकमा पनि यहि कुरा लागू हुन्छ । 

छलफल कार्यक्रममा जति धेरै प्रविधि जोडिदै जान्छ त्यति नै जोखिम पनि बढ्दै जाने बीमा विज्ञ भोजराज शर्माले बताए । प्रविधिका कारणले यसमा अझ चुनौती थपिएको छ,’ उनले भने ‘प्रविधिले सिर्जना गरेको जोखिमलाई कभर गर्नलाई बीमा पोलिसी ल्याइएको हो ।’ 
अहिले साइबर सेक्युरिटीको जोखिम बढेको र सूचना प्रविधिमा निकै हामी निकै कमजोर भएको नेपाल वीमक संघ उपाध्यक्ष तथा लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नूरप्रकाश प्रधानले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ यतामात्रै यसको चर्चा शुरु गरिएको पनि नेपालमा भने यस विषयमा त्यति छलफल भएको छैन,’ उनले भने ‘बितेका ५ वर्षमा नेपालमा पनि यसको कन्सेप्ट स्थापित भएको छ ।’

अहिले नेपालको बैकिङ क्षेत्रमा देखापर्न सक्ने साइबर सेक्युरिटी सम्बन्धी जोखिमको बीमा गर्ने विषयमा छलफल गरिरहेका छौं । यसका लागि सबैभन्दा पहिले बैंकहरूले स्वीकार गर्नुपर्यो कि त्यहाँ चुनौती धेरै छ । साइबर आक्रमणको क्षति ठूलो हुने भएकोले त्यो क्षति वहन गर्न अरु कसैलाई नराख्ने हो भने समस्या समाधान गर्न गाह्रो हुन्छ । जोखिम अरु कुनैमा हस्तान्तरण गर्नुको विकल्प बैंकसँग नभएको उनले बताए । 

अहिले नेपालको बैकिङ क्षेत्रमा देखापर्न सक्ने साइबर सेक्युरिटी सम्बन्धी जोखिमको बीमा गर्ने विषयमा छलफल गरिरहेका छौं । यसका लागि सबैभन्दा पहिले बैंकहरूले स्वीकार गर्नुपर्यो कि त्यहाँ चुनौती धेरै छ । साइबर आक्रमणको क्षति ठूलो हुने भएकोले त्यो क्षति वहन गर्न अरु कसैलाई नराख्ने हो भने समस्या समाधान गर्न गाह्रो हुन्छ । जोखिम अरु कुनैमा हस्तान्तरण गर्नुको विकल्प बैंकसँग नभएको उनले बताए । 

इन्टरनेटमा आधारित व्यापार व्यवसाय गरिरहेका बेला साइबर सेक्युरिटी इन्स्योरेन्स अपरिहार्य भइसकेको नेपाल वीमक संघ
महासचिव तथा  सगरमाथा इन्स्योरेन्सका सीईओ चंखी कुवर क्षेत्रीले बताए ।  ‘यो महामारी पछि त अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय कारोबारमा जोड दिइरहेका छन्,’ उनले भने ‘यस कारणले वित्तीय क्षेत्रमा हेर्ने हो भने अन्तर्राष्ट्रिय क्षेत्रमा यो जोखिमको आँकलन धेरै अगाडि देखि नै आइरहेका छन् ।’ नेपालमा भने बेला बेलामा मात्रै यसको चर्चा सुनिन्छ । 

विश्वव्यापी रुपमा इन्टरनेटबाट हुने अपराधहरूको क्षति न्यूनीकरण गर्न अर्थात आर्थिक नोक्सानीको कभरेजको निम्ती बीमा गर्न आवश्यक छ,’ उनले भने । नेपालमा बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिमा ठूलो लगानी गरेको भन्ने सुनिन्छ तर, यो साइबर सेक्युरिटी बीमाकोे खर्च भने ठूलो भयो भनेर गुनासो पनि गरिरहनु भएको छ । 

धेरै बैंक तथा वित्तीय संस्थाहरू साइबर सेक्युरिटी बीमा पोलिसी नयाँ भएको हुनाले यसका कानुनी कुराहरू र यसले कभरेज गर्ने कुरामा अन्योलता देखिएको उनले बताए ।  साइबर सेक्युरिटी सम्बन्धि बीमा पोलिसी अन्य बीमा पोलिसी भन्दा फरक भएको सानिमा जनरल इन्स्योरेन्सका सीईओ सुद्युम्न प्रसाद उपाध्यायले बताए ।

‘ अन्य प्रकारका बीमा पोलिसीहरूमा बीमा कम्पनीको भुमिका महत्वपूर्ण हुन्छ तर, यसमा भने प्रत्येक ग्राहकका आवश्यकता अनुसार पोलिसी बनाउनु पर्ने हुन सक्छ । ’ यसमा हरेक ग्राहक विशेष ग्राहक हुने हुँदा केही जटिलताहरू छन् । किन यसो भनिएको हो भने प्रत्येक बैंक तथा वित्तीय संस्थाका साइवर सुरक्षाको अवस्था फरक फरक पाइन्छ । त्यसैले त्यसैको आधारमा बीमा सम्बन्धि प्रडक्टलाई डिजाइन गर्नुपर्ने हुन्छ ।’

साइबर सेक्युरिटी बीमा पोलिसी नेपालको लागि विल्कुलै नयाँ पोलिसी भएको एमएमबी बैंकको जोखिम व्यवस्थापन प्रमुख शरद तुलाधरले बताए । ‘ यो इन्स्योरेन्स पोलिसीले के के र कुनु कुन क्षेत्र कभरेज गर्छ भन्ने कुरा फराकिलो छ,’ उनले भने ‘साइबर सेक्युरिटीको बीमा पोलिसीले सूचना प्रविधिको हार्डवेयर र सफ्टवेयरलाई कभरेजका साथै वित्तीय क्षतिलाई पनि कभरेज गर्न सक्छ । 

यो पोलिसी बिक्री गर्ने बीमा कम्पनीहरूले यस्तो पोलिसीका लागि कस्तो आधारहरू तय गर्नुपर्छ यस विषयमा आफ्ना ग्राहकलाई स्पष्ट भने पार्नु पर्ने उनले बताए । सूचना प्रविधिमा प्रयोग हुने हार्डवेयरहरूको बीमा अहिले पनि गरिरहेको माछापुच्छे« बैंकका आईटी हेड नारायण प्रसाद भुजुले बताए । ‘बैंकहरूको सूचना प्रविधि व्यवस्थापकले क्षमताले भ्याएसम्म बैंकको सम्पूर्ण सुरक्षा गरेका हुन्छ,’ उनले भने तर, बैंकमा रहेका सूचना प्रविधिसँग सम्बन्धित व्यक्तिहरूले थेग्न नसक्ने खालको जोखिम पनि पर्न सक्छ ।’

चाहे त्यो डाटा ब्रिज भएको अवस्थामा होस् चाहे साइबर आक्रमण भएको अवस्थामा होस् । बैकिङ क्षेत्रले आफ्ना ग्राहकहरूको सूचनाको सुरक्षा गर्न यसअघि देखिनै विकल्पहरू खोजिरहेकै छन् । बैंकहरूले भरपर्दो र विश्वासिलो माध्यम अहिलेसम्म पाइरहेका छैनन् । नेपालका बीमा कम्पनी परम्परागत बीमा पोलिसीमात्रै बिक्री गरिरहेका हुनाले साइबर सेक्युरिटी सम्बन्धी पोलिसीको लागि बीमा कम्पनीहरूले पनि अन्तर्राष्ट्रिय अनुभवलाई जोड्न अत्यावश्यक भइसकेको उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस