aarthiknews.com शनिबार, ०८ कार्तिक २०७७   Saturday, 24 October, 2020
 
Tansen_cement
Bajaj_Bike

नेप्से ४ अकंले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
नेप्से ४ अकंले बढ्यो
LBEF
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पहिलो दिन आज (आइतबार) बढेको छ । आज नेप्से ४ दशमलव ६४ अंकले बढेर १ हजार ४६२ दशमलव ६७ विन्दुमा कायम भएको छ । 

नेप्सेका अनुसार आज डेढ अर्ब बढीको कारोबार भएको छ । १८५ कम्पनीको १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर खरिदबिक्री भएका हुन् । कुल १२ समूहको कारोबार भएकामा ३ समूहका सूचक राता भएका छन् भने बाँकी हरियो देखिएको छ । 

वाणिज्य बैंक समूहको सूचक ७.४४ अंकले घटेको छ । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ९४.३ अंकले बढेको छ । एनआरएन इन्फ्रास्टक्टरको भाउ सबैभन्दा धेरै ९.७६% ले बढेको छ । कारोबार रकममा नेपाल  पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा छ । यसको ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।  

प्रतिक्रिया दिनुहोस