aarthiknews.com बुधबार, १९ फागुन २०७७   Wednesday, 03 March, 2021
 
tater Group
Bajaj_Bike

उद्धार उडान भोलीबाट पुनः शुरु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
उद्धार उडान भोलीबाट पुनः शुरु हुने
Jagadamba
LBEF

काठमाडौं । एक साता अघि बन्द गराइएको उद्दार उडान पुनः सञ्चालन हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सिसिएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान धोलीबाट पुनः शुरु हुने भएको हो । गत सोमबार सिसिएमसीले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई उडान रद्द गराएको थियो । 

उद्धार उडान सुरु भएपनि कतार एयर लाइन्स र टर्किस एयरलाइन्सले भने १ सय जना भन्दा बढी यात्रुलाई नेपाल ल्याउन नपाउने भएका छन्। यसका साथै नेपाल आउने यात्रुले अनिवार्य रूपमा पिसिआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ। उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ। 

नयाँ कार्यतालिका अनुसार मंगलबार एयर अरेबियाले सारजाँबाट काठमाडौंका लागि उडान गर्ने भएको छ। यस्तै दुबईबाट फ्लाई दुबईले बुधबार काठमाडौंका लागि उडान भर्ने भएको छ। 

अगस्ट २७ मा रियाद गएर नेपाल एयरलाइन्स आउने छ। यस्तै सोही दिन हिमालयन एयरलाइन्सले पनि दमामबाट नेपालीहरुको उद्धार गर्ने छ। सोही दिन टर्किस एयरलाइन्सले इस्तानबुलबाट बढीमा एक सय जना मात्र यात्रु लिएर नेपाल आउने छ।

अगस्ट २८ मा नेपाल एयरलाइनन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरलाइन्सले दोहाबाट उद्धार उडान भर्ने छ। 

अगस्ट २९ मा सिल्क एयरले अस्ट्रेलियाबाट, कोरियनले कोरियाबाट उद्धार उडान गर्नेछ। अगस्ट ३० मा नेपाल एयरलाइन्स र हिमालयनले क्वालालम्पुरबाट उडान भर्ने छन्। यस्तै सोही दिन मालिन्दो एयरले मलेसियाबाट नेपालीको उद्धार उडान गर्ने तय गरिएको छ। 

अगस्ट ३१ मा दुबईबाट नेपाल एयरलाइन्स र हिमालयनले आबुधाबीबाट उद्धार उडान भर्ने छ। सेप्टेम्बर १ मा भने कतार एयरलाइन्सले दोहाबाट २ उडान र  कुवेत एयरले कुवेतबाट एक उडान भर्ने तय भएको हो। 

प्रतिक्रिया दिनुहोस