aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

समृद्धि फाइनान्सको २०० % हकप्रदका लागि भदौ १२ गते बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
Citizen life
nabil bank
समृद्धि फाइनान्सको २०० % हकप्रदका लागि भदौ १२ गते बुक क्लोज
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई सय प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि भदौ १२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले बिहीवार सुचना जारी गर्दै भदौ १२ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीहरु पनि हकप्रदका लागि योग्य हुने बताएको हो ।

कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको छ । यो हकप्रद विक्री गर्न अनुमति माग्दै कम्पनीले गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस