aarthiknews.com सोमबार, १२ असोज २०७७   Monday, 28 September, 2020
 
Bajaj_Bike
Tasen
आर्थिक बहश

‘१० अर्ब बराबरको पाउडर दूध र बटर विग्रने अवस्थामा पुग्यो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ भदौ २०७७
LBEF

नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण साधारणसभाको लागि तय भएको मिति तेस्रो पटक सारिसकिएको छ । उद्योगी व्यवसायीहरूले महोत्सवको रुपमा लिने गरेको यस साधारण सभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । डेरी एशोशिएसनका पूर्व अध्यक्ष तथा सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडिया पनि चुनावी मैदानमा होमिने भएका छन् । उनै केडियासँग महासंघको चुनावी सरागर्मी तथा महासंघले लिनुपर्ने आगामी कदम र नेपाली बजारमा दूध उत्पादन तथा बजारीकरणका विषयमा गरिएको आर्थिक वहसः 

नेपाल उद्योग वाणिज्य महासंघको चुनावको उम्मेदवारी दिँदै हुनुहुन्छ ? कस्तो हुँदैछ तयारी ?

अध्ययन सकिएपछि म उद्योग व्यवसायमा लागे । मैलै धेरै नजिकबाट उद्योग क्षेत्रका पीडा बुझ्न पाए । सुत्केरीको व्यथा सुत्केरीलाई थाहा भएजस्तै मैले धेरै उद्यमी व्यवसायीको पीडा बुझ्न र ममन गर्न पाए । उहाँको पीडा नजिकबाट नियाल्न पाए । मैले वस्तुगत परिषद्को उपसभापतिमा रहेर ३ वर्ष काम गरिसकेको छु । एउटा तहमा बसेर काम गरिसकेपछि अलिक अगाडि बढेर काम गरौं भन्ने इच्छा सबैको हुन्छ । त्यसै हिसावले पनि ५२÷५३ वर्ष इतिहास बोकेको एउटा संस्थामा गएर म पनि केहि कन्ट्रिव्यूशन गर्न सक्छु भनेर अगाडि बढ्ने सोच बनाएको छु । 

कुन प्यानलबाट कुन पदका लागि यहाँको उम्मेदवारी हो ?

चन्द्र ढकालको प्यानलबाट मैले उम्मेदवारी दिएको छु । अहिले दुई वटा प्यानल देखिएपनि चुनाव सकिएपछि हामी फेरि पनि एक ढिक्का भएर आउने छौँ र महासंघको प्रगतिको लागि काम गर्ने छौं । उद्यमी व्यवसायीको हक र हितका लागि अघि बढ्ने छौं । उद्योग वाणिज्य महासंघमा एउटा जिल्लाबाट एउटा एसोसियट र वस्तुगत षेत्र हुन्छन् । म लामो समयदेखि वस्तुगत क्षेत्रसँग आवद्ध भएको कारण मैले वस्तुगत संघको क्षेत्रबाट आफ्नो उम्मेदवारी दिएको छु । 

चुनावको बेला गुट उपगुट भन्ने हुन्छ तर, म जहिले पनि के भन्छु भने यस्तो बेलामा गुट उपगुट भन्दा पनि सबैजना मिलेर जानुपर्छ भन्ने लाग्छ । सबैजनाले आज उद्योग वाणिज्य महासंघले के गर्ला भनेर हेरिरहेको छ । निजी संस्थाको एउटा ठूलो छाताको रुपमा सबैले हेरिरहेको बेला सबै गुट उपगुटलाई मिलाएर राम्रोसँग चुनाव सकाउन पाए झन राम्रो हुन्थ्यो । 

ढकाल प्यानललाई चुन्नुको कारण के ?
आफू उद्यमी भएका कारणले काम गर्ने सिलसिलामा मैले कहिले पनि राजनीतिक हिसावले सोचिन । तर, मैले काम गर्दै गर्दा उहाँहरू र मेरो बीचमा सामिप्यता बढ्दै गयो र उहाँहरूको टिममा गए । यसो हुँदा प्यानलका साथीहरूसँग मेरो मित्रता छैन भन्ने चाहिँ होइन । बाहिर जुन सन्देश छ उद्योग वाणिज्य महासंघ फुट्यो, महासंघ अप्ठ्यारोमा छ भन्ने हल्ला बिलकुलै होइन । चुनावको दौरानमा यस्तो देखिएपनि चुनाव सकिएपछि हामी सबैजना एक भएर काम गर्ने छौँ । 

नेपाल कृषिप्रधान देश भएतापनि यसमा खासै व्यवसायीकरण हुन सकेको छैन । संघले पनि कृषिसँग सम्बन्धित उद्योगलाई खासै लभिङ गरेको देखिदैन । यहाँले  प्रतिनिधित्व गर्दै हुनुहुन्छ । तपाई त्यहाँ गएपछि यो क्षेत्रमा के कस्ता सुधार गर्ने  सोच बनाउनु भएको छ ?

म आफू पनि व्यक्तिगत रुपमा कृषि क्षेत्रसँगै नै आवद्ध छु । यसकारण मलाई के लाग्छ भने कुनै पनि राष्ट्रमा उत्पादन र कृषि क्षेत्रमा हामीले गम्भिरतापूर्वक हेर्नुपर्छ भन्ने हो । त्यसले एकदम राम्रो गर्न सक्छ । म उद्योग वाणिज्य महासंघमा गइसकेपछि दुई तिन वटा कुरालाई जोड दिनेछु । 
जुन प्रविधि, प्राविधिक र कुनै पनि काम गर्दा त्यसको आउटपुट रिभर्नलाई ध्यान दिएर काम गर्नुपर्छ । सरकारले कृषिमा यति पैसा दिन्छु भन्दै गर्दा र वर्षैपिच्छे पैसा खन्याउँदै गर्दा पनि प्रविधि र प्राविधिकको हकमा के त ? यसले गर्दा कृषिमा लगानी गर्नुभन्दा पहिला प्रविधि र प्राविधिकमा ध्यान दिन जरुरी छ । 

कोरोनाका कारण आन्तरिक रुपमा उत्पादन भएका वस्तुमा कतिको असर पारेको छ ?

कोरोना भाइरसका कारण मानव र जनधनको क्षति त आफ्नो ठाउँमा छँदै छ । तर, अर्थतन्त्रमा नराम्ररी धक्का पुर्याएको छ । पहिलो समस्या हामीले समान उत्पादन गरेर पनि त्यसलाई कहाँ लगेर बेच्ने ? बजारमा मानिसको चाप घट्दै गएको बेलामा बस्तु बिक्रि हुने त आशै नगरौँ । 
अहिलेको परिस्थितिमा उद्योगहरू आंशिक रुपमा चलेको अवस्था छ । कतिपय उद्योग त चल्नै सकिरहेका छैनन् । यी कुरालाई मौद्रिक नीतिले समेटेको पनि छ । मौद्रिक नीतिले समेटेको छ । यो सबै आफै हुन्छ भन्ने सोच पनि राख्नु हुँदैन । कोरोनाको स्थिति यस्तै अवस्थामा रह्यो भने हामीले जनधन कसरी बचाउने भनेर सोचे जस्तै अर्थतन्त्र पनि जोगाउन लागि पर्नु पर्छ । यो सोचिएन भने भोलिका दिनमा मानिस रोगले भन्दा धेरै भोकले मर्ने सम्भावना हुन्छ । 

लकडाउनका बेला डेरीका उत्पादन कति खेर फाल्नु पर्यो ?
डेरी क्षेत्रका उत्पादन त चाँडै नै नष्ट हुने हुन्छ । अहिले उद्योगसँग दुई देखि तीन अर्ब रुपैयाँ मूल्य बराबरको पाउडर र बटर स्टक भएको अनुमान छ । जाडोमा हामीले धेरै दुध सुकाएर पाउडर बनाएर राखेका हुन्छौँ । चैत वैशाखमा हामीले दुध पुगेन भने पाउडर मिसाएर बजारमा पठाउने गथ्र्यो । तर, यसपालि त्यो बेला कोरोनाका कारण लकडाउन भइदियो । हामीले बजारमा पठाउन पाएनौँ । अहिले १० अर्ब बराबरको पाउडर र बटर स्टक रहेको छ । यो अब बिग्रिने अवस्था छ । 

अहिले बजारको सिनारियो परिवर्तन भयो । सहरबाट मानिस गाउँ गए । हामीले गाउँसम्म पुर्याउन नसकेको हो कि सबै सहर केन्द्रति बजारलाई फोकस गरेर हो ?

सहर केन्द्रीत भन्दा पनि गाउँमा दुग्धजन्य वस्तु खासै बिक्रि हुँदैनन् । गाउँमा धेरै जसो मानिसले दुग्धजन्य उत्पादन आफै गर्छन । यसले गर्दा पनि अहिले देशभरको उत्पादनको ८० प्रतिशत बजार भनेको काठमाडौं नै हो । लकडाउका बेला उपत्यकाबाट धेरै मानिस गाउँ फर्केका कारण खपतमा गिरावट आएकै हो । प्रदेशको हकमा पछि खपत बढ्ला तर, अहिले चाँहि उपत्यका नै हो । 

मोनिटरी पोलिसीमा पनि कृषकलाई प्रोत्साहन गर्न क्रे्रेडिट कार्ड प्रदान गर्ने जस्ता कुरा समेटिएका छन् । त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ ?
कुनै पनि प्रोग्राम डिजाइन गर्दा उद्यमी, कृषक अनि सरकारका अधिकारीहरूसँगै बसेर छलफल गरेर त्यसको निचोड निकाल्दा राम्रो हुन्छ । तर, कहि न कहि त्यो कुरा ल्याप्सेस भएको छ । अझै पनि सरकारले यसो गर्न सकेको छैन । सरकारले हामीलाई बोलाएर बजेट डिजाइन गर्दा कसको के बिग्रिन्छ ? यी कुरामा अझै पनि ग्याप छ । यी कुरा गर्यो भने हामीले आउटपुट दिन सक्छौँ । नेपाल राष्ट्र बैंकले पनि के बुझिदिनु पर्यो भने कुन कुन क्षेत्रको ग्रार्हस्थ्य उत्पादनबाट अर्थतन्त्रमा योगदान होला ? त्यस्ता वस्तुलाई प्रमोट गर्नतर्फ सरकार लाग्नु पर्छ । 

नेपालमा गर्न सकिने भनेको कृषि नै हो । कृषिलाई व्यवसायिकरण गर्नका लागि बैंकले लोन दिन्छ यसबारे कतिलाई थाहै छैन । त्यसलाई ग्रोथ गर्न यहाँको भुमिका के रहन्छ ?

मुख्य कुरा भनेको पोलीसी नै हो । प्रोजेक्ट ल्याउँदा दुई कुरा हेर्ने गर्छ मैले लोन कति पाउने हो र मेरो इन्ट्रेस रेट कति हुन्छ । भोलिका दिनका विदेशबाट आयात हुने वस्तुसाग म प्रतिस्प्रर्धी हुन सक्नु कि हुन्न भनेर सोच्नु पर्छ । यी कुराले मात्रै त्यो व्यवसाय फस्टाउँछ कि फस्टाउँदैन भन्ने हुन्छ । हामीले सुझाब मात्रै दिएर त हुँदैन । हामीले त गाइडनेश मात्रै गर्ने हो । 

विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्नका लागि हामीले के गर्नुपर्ला ?

कोरोना पहिला स्वदेशी उत्पादनलाई प्रात्साहन गर्नु पर्छ भनेर सरकारले खासै ध्यान दिएको थिएन् । त्यतिबेला त सबै रेमिट्यान्स मात्र हो भन्ने सरकारले सोच राखेको थियो । जुन हिसावले चलेको छ त्यो ठिक छ भन्ने हिसावले काम गरिरहेका थियौँ । त्यहि दौरानमा यहाँ केहि मल्टिनेशनल कम्पनी आउन नखोजेको होइन । जुन कुरामा नेपाल आत्मानिर्भर हुन तत्पर छन् । यसमा हामीले एफडीआई भित्र्याउने विषयमा नयाँ नीतिगत व्यवस्था भएको छ । यसले अझ सहज हुने देखिएको छ ।  

हाम्रा उत्पादन उपत्यका बाहिर टाढा टाढा पुर्याउने तयारी के छ ?

नेपालको भूगोल नै अप्ठ्यारो छ । यसमा हामीले के गर्न सक्छौँ भने जहाँ बाटो पुगेको छन् त्यहाँसम्म मात्रै दुध पुर्याउन सक्ने स्थिति छ । बाटो पुगेका ठाउँमा चाहिँ हामीले बजारीकरण गर्न सक्छौँ । गाउँमा त एक थरी मानिस आफ्ना लागि आफैले पशुपालन गरेर दुध खाइरहेका छन् । हामीले उपत्यका बाहिर पुर्याउने भनेको जहाँ यातायातको सुविधा छ त्यहाँसम्म मात्रै हो । 

सिताराम मिल्क आम उपभोक्ताले कसरी बुझ्छन् ?

विश्वास नै सबैभन्दा ठूलो कुरा हो । बजारमा हाम्रो प्रडक्टको विश्वास धेरै छ । सिताराम मिल्क भन्ने बित्तीकै एउटा गुडविल भनेर बुझ्छ । हाम्रा उत्पादन एउटा जेनियुन हुन्छ भन्ने मानिसले बुझ्छन् । हाम्रो २५ वर्षदेखिको यात्रा राम्रो क्वालिटीको दुग्ध उत्पादन गरेर आम उत्पादनको मन कसरी जित्ने भन्ने मै फोकस भयौँ । नयाँ नयाँ प्रोडक्ट र हाम्रो क्वालिटीमा हामी एकदमै ध्यान दिएका हुन्छौँ । अहिले बजारमा हाम्रो जस्तै प्याकेट ल्याएका छन् । त्यसले गर्दा आम उपभोक्ता झुक्किने गरेका छन् । यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।

आगामी योजना के छ ?
हामीले आउने दिनका लागि फार्मका हिसाबले पनि सोचिरहेका छौँ । नयाँ नयाँ प्रोडक्ट कसरी लञ्च गर्ने भनेर काम गरिरहेका छौँ ।
 

प्रतिक्रिया दिनुहोस