इन्फिनिटीको आइपीओ बुधबार बाँडफाँट हुदैं - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

इन्फिनिटीको आइपीओ बुधबार बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
Sunrise bank
इन्फिनिटीको आइपीओ बुधबार बाँडफाँट हुदैं
LBEF
NCH-IPS

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँड हुने सिभिल क्यापिटल मार्केटले जनाएको छ । कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि ६ लाख २९ हजार ९ सय ३० कित्ता आईपीओ निश्कासन गरेको थियो । यस आइपीओमा मागभन्दा करिब ११ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धकले दिएको जानकारी अनुसार ३ लाख ३२ हजार ९७५ जना आवेदकले  ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता आइपीओ विक्री खुल्ला गरेको हो ।

जसमध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । हाल रुपैयाँ २० करोड ७४ लाख चुक्तापूँजी रहेको यस कम्पनीको आइपीओ पश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस