शीर्षकहरू

नेकपा बैठक सकियाे, हुने भयाे त मन्त्रिमण्डल पुनर्गठन ?

नेकपा बैठक सकियाे, हुने भयाे त मन्त्रिमण्डल पुनर्गठन ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेर जस्ता विषय बाहिर हल्ला भएपनि पर्टीभित्र यसबारे अहिलेसम्म छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । कार्यदलले प्रतिवेदन दिएपछि त्यसबाट आएको निष्कर्षका आधारमा अघि बढ्ने उनले बताए । 

पार्टीमा देखा परेका समस्या समाधान गर्न, संकटको निकासका लागि भइरहेको छलफललाई व्यवस्थित ढंगले टुंगोमा पुर्‍याउने निर्णय बैठकमा भएको श्रेष्ठले बताए। ‘दुई अध्यक्षले पार्टीको विवाद समाधानका लागि कार्यदल गठन गरी लिएको पहललाई बैठकले सकारात्मकरुपमा लिँदै त्यसको निम्ति धन्यवाद दिएको छ ।’ श्रेष्ठले भने । 

पार्टी र राष्ट्रमा देखा परेका समस्या समाधानको कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुने गरी गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन कार्यदल सक्षम हुनेछ  भन्ने आशा सचिवालयले लिएको प्रवक्ता श्रेष्ठले बताए । 

बैठकमा कार्यदललाई प्रभावकारी काम गर्न भन्दै उत्साही ढंगले उपयुक्त सुझाव आएको श्रेष्ठले जानकारी दिए । कार्यदलको म्याद नतोकिए पनि छिटोभन्दा छिटो काम सक्न भनिएको उनको भनाइ छ ।