aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

भन्सार विभागको अत्यावश्यक सेवा अनलाइनबाटै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
Reliance life insurance
भन्सार विभागको अत्यावश्यक सेवा अनलाइनबाटै
Jagadamba
LBEF

काठमाडौं । भन्सार विभागले आफ्ना अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाटै स्वीकृती दिने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको र सरकारले समेत ५० प्रतिशत जनशक्तिबाट सेवा प्रदान गर्न आदेश दिएसँगै विभागले अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाट दिने भएको हो ।

विभागले सूचना जारी गर्दै अत्यावश्यक र अनलाइनमार्फत दिने बाहेकका बढि जनसम्पर्क हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।

विभागको सूचनाअनुसार नीति महशुल तथा वर्गिकरणको काम लिनका लागि इमेलबाटै आवेदन गर्न सकिनेछ । कुटनीतिक तथा महशुल छुट सम्बन्धि सेवा लिनका लागि तोकिएको इमेलमा आवेदन पठाउनुपर्ने छ। त्यसको जवाफ विभागले इमेलबाटै दिने छ।

वर्गिकरण पुनरावलोकन र मूल्यांकन पुनरावलोकनको काम समेत ईमेलमाध्यमबाट नै हुनेछ भने त्यसरी प्राप्त हुने ईमेललाई समयमा नै प्राप्त भएअनुसार मानिने विभागको भनाई छ ।

एक्जिम कोड जारी गर्ने तथा नविकरणका लागि पनि अनलाइनबाटै सेवा पाइने विभागले जानकारी दिएको छ । तर एक्जिम कोड खारेजी र बैंक ग्यारेन्टी लगायतका कार्य भने अनलाइनबाट नहुने र त्यस्ता कार्य हाल स्थगन गरिएको जनाएको छ ।

के छ सूचनामा ?

प्रतिक्रिया दिनुहोस